ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युनेस्कोबाट बाहिरीने अमेरिकाको निर्णय


abc news
श्रावण ७, २०८२ बुधबार  १० : ५१ बजे

काठमाडौ ७ साउन । अमेरिकाले संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संस्था युनेस्कोबाट आफ्नो सदस्यता समाप्त गर्ने निर्णय सार्वजनिक गरेको छ ।

अमेरिकी पक्षले युनेस्कोले इजरायलप्रति पूर्वाग्रही धारणा अपनाएको र विवाद उत्पन्न गर्न सक्ने सामाजिक तथा सांस्कृतिक विषयहरूमा जोड दिएको उल्लेख गरेको छ ।

अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता टैमी ब्रुसले विज्ञप्ति निकालेर युनेस्कोको अहिलेको कार्यप्रवृत्ति अमेरिका अनुकूल नरहेको र संस्था राष्ट्रिय हितसँग मेल नखाने दिशामा अघि बढेको बताउनुभयो ।

साथै, युनेस्कोले प्यालेस्टाइनलाई सदस्य राष्ट्रको रूपमा स्वीकार गरेको निर्णयप्रति गम्भीर असन्तोष व्यक्त गर्दै यो कदमले इजरायलविरोधी धारणा फैलाउने जोखिम बढाएको बताउनुभयो ।

युनेस्कोले आफूलाई शिक्षा, विज्ञान र संस्कृतिको माध्यमबाट अन्तर्राष्ट्रिय सहयोग र समझदारी प्रवद्र्धन गर्ने संस्था भएको जनाएको छ ।

यो संस्थाले विश्व सम्पदा सूचीको व्यवस्थापन गर्दै आएको छ, जसअन्तर्गत ग्रेट बेरियर रीफ ९अष्ट्रेलिया०, सेरेन्गेटी ९तान्जानिया०, एथेन्स एक्रोपोलिस ९युनान० र मिस्रका पिरामिडहरूजस्ता स्थलहरू समावेश छन् ।

अमेरिकाको युनेस्कोबाट बाहिरिने निर्णय पहिलोपटक भने होइन । सन् १९८० को दशकमा तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनले संस्था भ्रष्ट र सोभियत समर्थक भएको आरोप लगाउँदै अमेरिकाले सदस्यता छोड्नु भएको थियो । पछि, राष्ट्रपति जर्ज डब्लू बुसको कार्यकालमा अमेरिका पुनः युनेस्कोमा फर्किएको थियो ।

पछिल्ला वर्षहरूमा पनि युनेस्कोप्रति अमेरिका आलोचनात्मक रहँदै आएको थियो । सन् २०१७ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले सदस्यता छाड्ने निर्णय गर्नुभएको थियो, जुन निर्णय राष्ट्रपति जो बाइडेनले उल्ट्याउँदै अमेरिकालाई पुनः सदस्य बनाउनुभएको थियो । अब, ट्रम्पको नेतृत्वमा अमेरिका पुनः युनेस्कोबाट बाहिरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२६वर्ष पछि कांग्रेसले आफनो विरासत फर्कायो

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

सम्बन्धित

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिँदै

आजको मौसमः केही स्थानमा चट्याङसहित वर्षा हुने

इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com