काठमाडौ ७ साउन । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले विद्या भण्डारीलाई पार्टीमा निषेध गर्ने निर्णय गरेपछि उनी पक्षधरले आक्रोश पोख्न थालेका छन्।
विद्या भण्डारीप्रति कठोर बन्दै केपी ओली, पार्टी सदस्यता नवीकरण लिए आफ्नो हातमा
यसै क्रममा एमालेको काठमाडौँ जिल्ला अध्यक्ष दीपक निरौलाले भण्डारीकै श्रीमान् मदन भण्डारीलाई सम्झिएका छन्।
उनले पाँचौँ महाधिवेशनमा तत्कालीन एमाले महासचिव मदन भण्डारीलाई पनि बोल्न नदिएको उल्लेख गरेका हुन्।
उनले बुधबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘इतिहास साक्षी छ, पाँचौँ महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाइ बोल्न नदिएको, यसैगरी बहुदलीय जनवादको विषय सुरु गर्दा सुरुमा साथ दिने पनि न्यून नै थिए।’
उनले प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पनि पोखेका छन्।
उनले भनेका छन्, यसैगरी केपी ओलीले उपत्यका छाडेपछि बैठक बस्ने विगत पनि भोगेकै हो। केपी ओलीलाई मातहतमा नबोलाउन निर्देशन गरेर आन्दोलन रोकिएन। यसैको पृष्ठभूमिमा अघि बढेको एमाले हो।
त्यस्तै एमालेकी केन्द्रीय सदस्य सरिता न्यौपानेले पनि यस विषयमा टिप्पणी गरेकी छन्।
उनले भनेकी छन्, ‘कसैकसैलाई लागेको होला आज उसलाई पो भनेको त? आफूलाई पर्दा थाहा होला१ गएर पिर बिसाउने ठाउँ पनि नपाउँदा।’
मंगलबार मध्यराति सम्पन्न एमाले केन्द्रीय कमिटीको बैठकले पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा फर्कन निषेध गर्ने निर्णय गरेको छ।







प्रतिक्रिया दिनुहोस्