ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्यासलमा चर्काचर्की भइरहँदा भंगालमा विद्या अडानः ‘पछि हट्दिनँ’


एबीसी न्यूज
श्रावण ६, २०८२ मंगलबार  ४ : १६ बजे

काठमाडौँ ६ साउन । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा आएकोबारे एमाले केन्द्रीय कमिटी बैठकमा चर्को बहस भइरहेका बेला भण्डारीले आफू अब पछि नहट्ने दोहोर्‍याएकी छन् ।

मंगलबार भण्डारी निवास बुढानीलकण्ठस्थित राजनीतिक रिपोर्टरहरुसँग भंगालमा पूर्वराष्ट्रपति भण्डारीले खुट्टा कमाउने स्थितिमा नरहेको बताएकी हुन् । ‘म अघि बढिसके, खुट्टा कमाउदिनँ’, उनले भनिन् ।

आफू सक्रिय राजनीतिमा आउने कुरामा कसैले पनि भयभीत नहुन पूर्वराष्ट्रपति भण्डारीले आग्रह गरेकी छन् । ‘बरु मेरो पक्षमा बोल्नेहरुलाई आतंकित पार्न खोजिदैछ, यस्तो बन्द गर्नुपर्छ’, भण्डारीले भनेकी छन् ।

पूर्वराष्ट्रपति भण्डारीले एमालेको राजनीतिमा फर्कने निर्णयको लामो शृङ्खला नै सुनाएकी थिइन् ।

‘म सक्रिय राजनीतिमा आइसकेको छु । अब पछि हट्ने कुरा हुँदैन छैन’, भण्डारीको भनाई उद्धृत गर्दै उनीनिकट स्रोतले भन्यो, ‘अहिले कार्यकर्ताहरूलाई जसरी आतङ्कित पार्ने काम भइरहेको छ यो ठिक छैन ।

भण्डारीले आफू कठिन समयमा पार्टी र महिला आन्दोलन हुँदै देशको नेतृत्व गरेको भन्दै अनावश्यक रुपमा विवाद उचाल्न खोजिएकोमा असन्तुष्टि जनाइन् ।

भण्डारीले भनिन्- दल चाहिँ अनैतिक अखडा हो ? उच्च नैतिकताको मान्छे दलमा आयो भने दल पनि त नैतिकतावान हुन्छ नि । अहिले जसरी कार्यकर्तालाई टेरर गर्ने, बोल्न नदिने र बोलेबापत कारवाही गर्ने भन्न थालिएको छ यो ठिक छैन ।

भण्डारीले आफ्नो सदस्यता नवीकरण भइसकेको भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा कुरा भएको बताइन् । उनले नयाँ वर्षको आफ्नो वक्तव्यपछि ओली चिढिएको समेत सुनाइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

कैलालीमा गोली हानेर श्रीमतीको हत्या, युवकले आफैंमाथि पनि चलाए बन्दुक

सम्बन्धित

समानुपातिक सांसदले पाए निर्वाचित भएको प्रमाणपत्र

निर्वाचन सफल भएकोमा धन्यवाद दिन कर्णाली पुगिन् प्रधानमन्त्री

आज समानुपातिक सांसदलाई प्रमाणपत्र, राष्ट्रपतिलाई निर्वाचन परिणाम प्रतिवेदन पनि बुझाइँदै

रोल्पामा कक्षा ९ का विद्यार्थीले बनाए बन्दुक

निर्वाचनमा अप्रत्याशित पराजय व्यहोरेपछि कांग्रेस सभापति थापाले दिए राजीनामा

टुँडिखेलमा सेनाको घोडेजात्रा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com