ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एपस्टीन रिपोर्टका विषयमा ट्रम्पले वाल स्ट्रिट जर्नल र रूपर्ट मर्डकविरुद्ध मानहानिको मुद्दा दायर


ABC News

काठमाडौं। ३ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यौन अपराधी जेफ्री एपस्टीनलाई नग्न महिलाको अश्लील चित्रसहित जन्मदिनको उपलक्ष्यमा पत्र पठाएको समाचार सार्वजनिक गरे विरुद्ध वाल स्ट्रिट जर्नल मालिक रूपर्ट मर्डक, र दुई पत्रकारहरूविरुद्ध मानहानिको मुद्दा दायर गरेका छन्।

शुक्रबार ट्रम्पले डाउ जोन्स र न्यूज कर्पलाई समेत समेटेर मियामीस्थित फ्लोरिडाको दक्षिणी जिल्ला संघीय अदालतमा मुद्दा दायर गरेका हुन्। ट्रम्पले उक्त मुद्दामा कम्तीमा १० अर्ब डलर क्षतिपूर्ति माग गरेका छन्।

जर्नलको समाचारमा सन् २००३ मा एपस्टीनको ५०औं जन्मदिनमा ट्रम्पले गोप्य सन्देशसहित एपिस्टनलार्य अश्लील चित्र पठाएका थिए। सो जन्मदिन एल्बम घिसलेन म्याक्सवेलले संकलन गरेकी थिइन् — म्याक्सवेल हाल फ्लोरिडामा यौन तस्करीका आरोपमा २० वर्षको सजाय भोगिरहेकी छन्।

जर्नलको को रिपोर्ट अनुसार, “दुईवटा साना धनुषाकार रेखाहरू स्तन जनाउन प्रयोग गरिएको थियो, र ट्रम्पको हस्ताक्षर महिलाको पेटभन्दा तलको भागमा ुडोनाल्डु को रूपमा झाँटोजस्तो देखिने गरी चित्रित गरिएको थियो।” पत्रको अन्त्यमा लेखिएको थियो ः “ज्बउउथ द्यष्चतजमबथ – बलम mबथ भखभचथ मबथ दभ बलयतजभच धयलमभचाग िकभअचभत।”

ट्रम्पले उक्त रिपोर्टलाई पूर्ण रूपमा अस्वीकार गर्दै पत्र नक्कली भएको दाबी गरेका छन्। उनले ट्रुथ सोसलमा न्यूज कर्पका संस्थापक मर्डकलाई मुद्दा हाल्ने चेतावनी दिइसकेका थिए।

“ मर्डकले यो कुरालाई सम्बोधन गर्ने बताए पनि त्यो गर्न असमर्थ देखिए,” ट्रम्पले लेखेका छन् । “अन्ततः उनीहरू झूटा, दुर्भावनायुक्त र बदनामी गर्ने समाचार लिएर आए। ट्रम्प वाल स्ट्रिट जर्नल, न्यूज कर्प र मर्डकविरुद्ध चाँडै मुद्दा हाल्नेछन्।”

उपराष्ट्रपति जेडी भान्सले पनि रिपोर्टको आलोचना गर्दै लेखेका छन् “माफ गर्नुहोस्, तर यो समाचार पूरै झूटको पुलिन्दा हो। जर्नलले यस्तो रिपोर्ट प्रकाशन गरेर आफैंलाई लज्जित बनाएको छ। कहाँ छ त्यो पत्र ? हामीले कहिल्यै त्यो देखेका छैनौं। के साँच्चिकै यो ट्रम्पको शैली जस्तो लाग्छ ?”

यो ट्रम्पले पदमा रहँदा कुनै मिडिया कम्पनीविरुद्ध हालिएको पहिलो मुद्दा हो। तर उनले पुनः राष्ट्रपतिको कुर्सी सम्हाल्नुअघि पनि यस्ता मुद्दाहरू धेरै दायर गरेका थिए, जसले अभिव्यक्ति स्वतन्त्रतामाथि दबाब पर्ने चिन्ता उठाएको द गार्डियनले लेखेको छ । अधिकांश मुद्दामा हार भए पनि पछिल्लो वर्ष उनले एबीसी न्यूज र पेरामाउण्टसँग ३० करोड डलरभन्दा बढीको समझौतामा विजय पाएका थिए ।

तर प्रेस स्वतन्त्रताको पक्षधरहरूले मुद्दाको वैधतामाथि प्रश्न उठाएका छन्। सिराक्युस विश्वविद्यालयको टुली सेन्टर फर फ्री स्पीचका निर्देशक प्रो रोय गटरम्यानले भनेका छन् “यस रिपोर्टको भोलिपल्टै दायर गरिएको मुद्दाले यसको गम्भीर तयारीमा शंका उठाउँछ। मुद्दामा मुख्यतः समाचारको व्यापक पहुँच र सामाजिक सञ्जालमा छिटो भाइरल भएको कुरा उल्लेख छ।”

उनले थपेका छन् “हरेक आरोपका लागि १० अर्ब डलर माग गर्नु हास्यास्पद लाग्छ, र सम्भावित क्षतिमा आधारित देखिँदैन। यद्यपि ट्रम्पले सावित गर्नुपर्नेछ कि वाल स्ट्रिट जर्नलले जानाजान झूटा रिपोर्ट प्रकाशित गर्‍यो — जुन विश्वसनीय लाग्दैन। हामी यहाँ संसारकै सबैभन्दा प्रतिष्ठित समाचार संस्थामध्ये एकको कुरा गर्दैछौं।”

यो मुद्दाले ट्रम्प र मर्डकबीचको सम्बन्धको अर्को अध्याय खोलेको मिडियाहरुले उल्लेख गरेका छन् । मर्डकको फक्स न्यूज नेटवर्क ट्रम्पको प्रबल समर्थक रहँदै आएको छ। फेब्रुअरीमा ट्रम्पले मर्डकलाई ह्वाइट हाउसमा आमन्त्रित गर्दै “अद्भुत व्यक्ति” भनेका थिए।

ट्रम्पले आफ्ना समर्थकहरूमाझ एपस्टीनसम्बन्धी फाइलहरू सार्वजनिक नगरेको विषयमा आलोचना भोगिरहेका छन्। यसै साता रोयटर्स र इप्सोसको सर्वेक्षणमा ६९प्रतिशत अमेरिकीहरूले संघीय सरकारले एपस्टीनका क्लायन्टहरूको विवरण लुकाएको विश्वास गरेका छन्।

शुक्रबार, सरकारमाथिको आरोप कम गर्न ट्रम्पले आफ्नी महान्यायाधिवक्ता पाम बन्डीलाई एपस्टीनविरुद्धको अभियोजनसम्बन्धी ग्रान्ड जुरी साक्ष्य सार्वजनिक गर्न आदेश दिएका थिए ।

ट्रम्पका लामो समयका मित्र एपस्टीन २०१९ मा संघीय हिरासतमा रहँदा जेलभित्र मृतावस्थामा फेला परेका थिए। उनीमाथि नाबालिक बालिकाहरूको यौन शोषणको अभियोग लागेको थियो।

ट्रम्प समर्थकमाझ एपस्टीनको मृत्युले अन्तर्राष्ट्रिय शक्तिशाली यौन अपराधीहरूको षड्यन्त्रको आशंका जन्माएको थियो। अदालतमा मुद्धा अघि बढ्नुअघि एपस्टीनको मृत्यु (आत्महत्या घोषणा गरिएको) ले षड्यन्त्रवादी धारणालाई अझ बलियो बनायो।

सन् २०२५ को जनवरीमा दोस्रो कार्यकालमा पुनः निर्वाचित भएपछि ट्रम्प समर्थकहरूले एपस्टीनका क्लायन्ट सूचीबारे खुलासा गर्न जोड दिएका थिए । तर बन्डीले यसै महिनाको आधिकारिक ज्ञापनमा यस्तो सूची नै नभएको स्पष्ट गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com