ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले–कांग्रेस सरकारप्रति शेखरको प्रचण्डसँग विचित्रको गुनासो !


ABC News

काठमाडौँ १ साउन । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी ओली नेतृत्वको गठबन्धन सरकारबारे प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डलाइर्ए भेटेर गुनासो गरेका छन् । बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर सरकारको काम कारबाहीबारे निराशा व्यक्त गरेका हुन् ।

स्रोतका अनुसार सामान्य गठबन्धन सरकार हुँदा राजनीतिक अस्थिरता बढेको, संविधान संशोधनमा समस्या देखिएको, जनतामा बढ्दै गएको निराशा चिर्न दुई ठुला दल मिल्नुपर्ने प्रस्ताव आफैले गरेको तर एक वर्षमा सरकार असफल भएकोमा कोइरालाले प्रचण्डसँग चिन्ता व्यक्त गरेका थिए ।

‘प्रचण्ड र कांग्रेसका नेता शेखर कोइरालासँग देशको समसामयिक राजनीतिबारे खुलेर कुरा भयो । छलफलको क्रममा देशलाई अस्थिरताबाट जोगाउन, सुशासन, समृद्धि र संविधान संशोधनका लागि आफैले दुई ठुला दल कांग्रेस र एमाले मिल्नुपर्छ भनेर प्रस्ताव गरेको । सात बुँदेको आधारमा बनेको अहिलेको गठबन्धन सरकारले जनतामा झन् निराशा थप्यो । संविधान संशोधन, सुशासन, आर्थिक समृद्धिको पक्षमा कुनै काम गर्न सकेन, देश झन् अप्ठ्यारो अवस्थामा पुग्यो भनेर उहाँ९शेखर०ले चिन्ता व्यक्त गर्नुभयो’, स्रोतको दाबी छ ।

दुई घण्टा लामो छलफलमा प्रचण्डले देश अहिले निकै जटिल अवस्थामा पुगेकाले कांग्रेस र माओवादी एक ठाउँमा उभिनुपर्ने बताएको बुझिएको छ । ओली सरकारका मन्त्रीहरू विभिन्न काण्डमा मुछिएको, सङ्घीय निजामती सेवा विधेयकमा देखिएको छेडखानी, विद्यालय विधेयक, सङ्घीय प्रहरी विधेयक लगायत विधेयक अगाडि बढाउन भइरहेको ढिलासुस्ती लगायत विषयमा पनि खुलस्त कुराकानी भएको बुझिएको छ । सरकारले द्रुत गतिमा अगाडि बढाउन खोजिएको भूमि व्यवस्था सम्बन्धी विधेयक लगायत विषयमा पनि छलफल भएको छ ।

सत्ता समीकरण फेरबदलको विषयमा कुनै छलफल नभएको स्रोतले जिकिर गरेको छ । गठबन्धनको संस्कृति अनुसार प्रधानमन्त्री ओली नचलेको, सरकारलाई एमालेकरण गर्न खोजिएको विषयमा भने कोइरालाले असन्तुष्टि पोखेको बुझिएको छ । यता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले प्रचण्डसँग भएको पुष्टि गरे पनि के–के विषयमा छलफल भएको भन्नेबारे अनविज्ञ प्रकट गरे । उनले समसामयिक विषयमा दुई शीर्ष नेताबिच छलफल भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com