ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिमा प्राधिकरणका अध्यक्ष पोखरेलले सम्हाले कार्यभार


abc news
असार ३१, २०८२ मंगलबार  ६ : १० बजे

काठमाडौ ३१ असार । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेका छन्।

नेपाल सरकारले अर्थ मन्त्रालयका सहसचिव पोखरेललाई अर्को व्यवस्था नभएसम्मका लागि नेपाल बिमा प्राधिकरणको अध्यक्ष भई कामकाज गर्न जिम्मेवारी दिएको छ।

प्राधिकरणमा कार्यभार सम्हाल्दै अध्यक्ष पोखरेलले बिमा ऐन, नियम र निर्देशिकाहरू अक्षरशः पालना गर्दै बीमा कम्पनीहरूको अनुगमन र नियमनलाई कार्ययोजनाका साथ अझै प्रभावकारी रूपमा अगाडि बढाउन निर्देशन दिए।

सरकारले आर्थिक वर्ष २०८२र०८३ को बजेट वक्तव्य मार्फत ल्याएका बिमा सम्बन्धी नीतिगत व्यवस्थाको कार्यान्वयनलाई प्राथमिकताका साथ अगाडि बढाउन निर्देशन दिँदै अध्यक्ष पोखरेलले भने, ‘संस्थाको उद्देश्य प्राप्ति र बीमा क्षेत्रको विकास एवम् पहुँच विस्तारका लागि टिमवर्कका साथ काम गरौं, संस्थाको जिम्मेवारी ठूलो छ, बीमितको हकहित संरक्षण गर्नुछ, बिमा क्षेत्रको भविष्य राम्रो छ, सबै मिलेर इमान्दारिताका साथ काम गरौँ।’

अध्यक्ष पोखरेलले बिमा सचेतना मार्फत बिमाको पहुँच बढाउन, बिमा व्यवसायलाई स्वच्छ, पारदर्शी, प्रतिस्पर्धी र विश्वसनीय बनाउन, बिमा सेवाको गुणस्तर अभिवृद्धि गर्न र बिमा क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न जिम्मेवारीपूर्वक अगाडि बढ्नु आवश्यक रहेको बताए।

कार्यक्रममा अध्यक्ष पोखरेललाई स्वागत गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बिमा ऐन, नियमले प्राधिकरणलाई सुम्पिएको दायित्व पूर्ण प्रतिवद्धता साथ निर्वाह गर्दै आएको बताए।

यसअघि, अध्यक्ष सेवन्तक पोखरेल प्राधिकरणमा आउँदा उनलाई प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशकहरू लगायत कर्मचारीहरूले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com