ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सातवटै प्रदेशमा अत्याधुनिक रंगशाला निर्माण हुन्छ- खेलकुद मन्त्री विश्वकर्मा


admin

काठमाडौंँ, १९ चैत । युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले मुलुकको विकास र समृद्धिमा युवालाई परिचालन गर्न सरकारले तयारी गरेको बताउनुभएको छ ।

राष्ट्रिय युवा परिषद्, नेपालले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय युवा नीति, युथ भिजन र युवा परिषद्का कार्यक्रमका बारेमा स्थानीय तहका पदाधिकारीसँगको’ अन्तक्र्रियामा उहाँले राष्ट्रका लागि चाहिने युवा विदेश पलायन भइरहेकाले तिनलाई रोकी समृद्धि र विकासमा लगाउने बताउनुभएको छ ।

‘‘देश अब विकास र समृद्धिको बाटोमा लागेको छ’’ उहाँले भन्नुभयो–‘‘दैनिक सयांै दक्ष युवा जनशक्ति विदेश पलायन भइरहेकाले तिनलाई रोकी राष्ट्रको हितमा लगाउनु पर्दछ ।’’ उहाँले युवालाई स्थानीय तहमा नै स्वरोजगार बनाउने योजना रहेको जानकारी गराउनुभयो ।

मन्त्री विश्वकर्माले सरकारले खेलकुद क्षेत्रको विकास लागि केन्द्रमा अत्याधुनिक रंगशाला, सातवटै प्रदेशमा रंगशाला बनाउन तयारी समेत गरेको जानकारी गराउनुभयो । स्थानीय तहले पनि वडास्तरमा खेलमैदान बनाउनुपर्ने उहाँको आग्रह थियो ।

कार्यक्रममा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुंगेलले युवालाई आत्मनिर्भर बनाउनका लागि परिषद्लाई स्थानीय तहसम्म विस्तार गरिने बताउनुभयो ।

उहाँले सातवटै प्रदेशमा युवा सिर्जनशील केन्द्र स्थापना गरी युवामा भएको सीप र क्षमतालाई सदुपयोग गरिने बताउनुभयो ।

युवालाई युवा स्वरोजगार कोषका उपाध्यक्ष प्रेमप्रसाद दंगालले युवालाई स्वरोजगार बनाउका लागि प्रादेशिकस्तरमा कोषको संरचना बनाएर स्थानीय तहसम्म पुग्ने प्रयास भइरहेको जानकारी गराउनुभयो ।

कार्यक्रममा अछामस्थित तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्मा, खोटाङस्थित खोटहाङ गाउँपालिकाका उपाध्यक्ष कविता राईले युवाको क्षमताका आधारमा योजना बनाई लागू गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com