ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकामा चर्चमा लुकेका आक्रमणकारीले गोली चलाउँदा २ प्रहरीको हत्या


ABC News

काठमाडौं ३० असार । अमेरिकाको केन्टकी राज्यको एउटा चर्चमा भएको गोलीकाण्डमा दुई जनाको मृत्यु भएको छ।

आइतबार स्थानीय समयअनुसार बिहान ११ः३५ बजे केन्टकी राज्यको लेक्सिङ्टन सहरस्थित रिचमण्ड रोड ब्याप्टिस्ट चर्चमा एक संदिग्धले अन्धाधुन्ध गोली चलाउँदा दुई चर्चमा रहेका दुई महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ३४ वर्षीया क्रिस्टिना कोम्ब्स र ७२ वर्षीया बेभरली गम छिन्। घटनामा दुई पुरूष घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकी मिडिया सिएनएनले उल्लेख गरेको छ।

चर्चमा अन्धाधुन्ध गोली चलेको घटनालगत्तै त्यहाँ पुगेको प्रहरीले संदिग्धमाथि गोली चलाएको थियो। तीन प्रहरीले उनीमाथि गोली चलाएको भनेर सिएनएनले लेखेको छ। ‍

प्रहरीको गोली लागेर संदिग्ध पुरूषको घटनास्थलमै मृत्यु भएको थियो। उनको पहिचान खुले पनि प्रहरीले सार्वजनिक गरेको छैन। संदिग्धको परिवारलाई जानकारी गराउन बाँकी रहेकाले नाम नखुलाइएको भनिएको छ।

ती व्यक्तिको चर्चकै केही मानिसहरूसँग पनि चिनजान थियो भनिएको छ।

सिएनएनका अनुसार चर्चमा पुगेर अन्धाधुन्ध गोली चलाउनुअघि ती संदिग्धले ब्लु ग्रास एयरपोर्ट नजिक एक जना प्रहरीमाथि गोली चलाएका थिए। ‍

त्यहाँ चेकजाँच गरिरहेका प्रहरीले गाडी रोकेपछि ती संदिग्धले प्रहरीमाथि नै गोली चलाएका थिए। लाइसेन्स प्लेट स्क्यानरले सतर्कता सूचना दिएपछि त्यहाँ खटिएका प्रहरीले संदिग्धको गाडी रोकेका थिए।

त्यसपछि ती संदिग्धले प्रहरीमाथि गोली चलाएर अर्कै गाडी कब्जा गरी त्यहाँबाट भागेर १५ माइल दुरीमा रहेको चर्चमा पुगेर गोली चलाएका थिए। चर्चमा त्यतिबेला साप्ताहिक प्रवचन भइरहेको थियो।

विमानस्थल नजिकै गोली चलेपछि केही समय हवाइ उडान बन्द गरिएका थिए। संदिग्ध मारिएपछि विमानस्थल सामान्य रूपमा सञ्चालन भएको सिएनएनले जनाएको छ।

गोली प्रहार भएका प्रहरीको स्वास्थ्य स्थिर रहेको भनिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com