ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको छातीमा फेरि कुशासनको तक्मा थपिएको छ – सांसद किराँती


abc news

काठमाडौ २९ असार । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सुशासनका लागि भन्दै गठन भएको सरकारको छातीमा कुशासनको तक्मा थपिएको टिप्पणी गरेका छन्।

आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले भने, ‘सुशासनको लागि भन्दै बनेको सरकारको छातीमा फेरि कुसासनको तक्मा थपिएको छ। सामान्य प्रसासन र भूमि सुधारमन्त्रीको बारेमा सर्वत्र मिडियामा आएको कुरा के होरु’

सुशासनको लागि भन्दै बनेको सरकारको छातीमा फेरि कुसासनको तक्मा थपिएको छ। सामान्य प्रसासन र भूमि सुधारमन्त्रीकोबारेमा सर्वत्र मिडियामा आएको कुरा के होरु

प्रधानमन्त्रीले संसद्‌मै आएर ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भनेको भन्दै त्यसबारे संसद्मा आएर जवाफ दिनुपर्ने माग गरे। ‘मलाई राम्रोसंग स्मरण छ( यही उभिएर सम्माननीय प्रधानमन्त्रीले भन्नु भएको कुरा ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’। यो जुनीमा त के अर्को जुनीमा पनि चित्र गुप्ताको अगाडि उभिएर जवाफ दिन्छु,’ किराँतीले भने, ‘हामीलाई अर्को जुनी र चित्र गुप्ताको विश्वास छैन। त्यसैले सरकारको तर्फबाट यो सार्वभौमिक संसद्लाई सत्य तथ्य जवाफ चाहियो।’

उनले थपे, ‘यो भ्रष्ट सरकारले संसद्‍मा संख्याको आधारले केही समय त जित्ला तर हेक्का रहोस् जनताको मन भित्र निरन्तर हारीरहेको छ।’

प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रममा मानव तस्करी भएको भन्दै यसले देशको छविमाथि प्रश्न उठेको बताए। ‘समाचार अनुसार स्पेनमा आयोजित प्रधानमन्त्री नै सहभागी हुनुभएको कार्यक्रममा फेरि मानव तस्करी जस्तो जघन्य अपराध भयो,’ सांसद किराँतीले भने, ‘जस्ले देशको छविमाथि अन्तराष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठायो। यस विषयमा छानबिनगरि सत्य तत्थ्य प्रतिवेदन सार्वजानिक गरियोस् र दोषीमाथि कारबाही गरियोस्।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

सम्बन्धित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com