ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपेली सङ्घ र मेक्सिकोलाई ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा


abc news
असार २९, २०८२ आईतबार  ११ : ५४ बजे

काठमाडौ २९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र युरोपेली सङ्घ ९ईयू० लाई लक्षित गर्दै ३० प्रतिशत कर बढाउने घोषणा गर्नुभएको छ । आउँदो अगस्ट १ अर्थात २० दिनपछि ३० प्रतिशत कर लगाउने ट्रम्पले घोषणा गर्नुभएको हो ।

ट्रम्पको घोषणापछि जर्मनीको प्रमुख उद्योग निकाय ‘जर्मन इन्डस्ट्रिज फेडेरेसन ९बीडीआई० ले शनिवार वासिङ्टन र युरोपेली सङ्घलाई बढ्दो व्यापार द्वन्द्वको छिटो समाधान गर्न आग्रह गरेको छ ।

ट्रम्पको घोषणा एटलान्टिकका दुवै किनारका उद्योगहरूका लागि चेतावनी स्वरूप आएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बीडीआईका वरिष्ठ अधिकारी वुल्फगांग निडरमार्कले अमेरिका र युरोपबीचको व्यापारिक तनावले आर्थिक पुनरुत्थान, नवप्रवर्तन र अन्तर्राष्ट्रिय सहकार्यप्रति विश्वासमा आघात पुग्ने बताउनुभयो ।

महासङ्घले जर्मन सरकार, युरोपेली आयोग र अमेरिकी प्रशासनबीच तत्काल संवाद र सहमतिका लागि आह्वान गर्दै तनाव नियन्त्रणमा राख्न जोड दिएको छ । अमेरिका जर्मनीको सबैभन्दा ठूलो व्यापारिक साझेदार मानिन्छ ।

राष्ट्रपति ट्रम्पले यसअघि पनि २० भन्दा बढी साझेदार राष्ट्रहरूलाई पत्र पठाउँदै आगामी कर नीतिका बारेमा चेतावनी दिइसक्नुभएको छ । उहाँले युरोपेली सङ्घसँगको व्यापार घाटा न्यूनीकरण गर्न नयाँ करहरू चाँडै लागू गरिने सङ्केत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

सम्बन्धित

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

ओली पक्राउको विरोधमा एमाले , चावहिल क्षेत्रमा प्रदर्शन

केपी शर्मा ओली टिचिङ अस्पतालको ५०१ नम्बर बेडमा भर्ना

ओली र लेखक पक्राउ : विदेशी मिडियाले के लेखे ?

ओली र लेखकलाई कति दिनसम्म हिरासतमा राख्न मिल्छ?

ओली पक्राउ: कानुनी प्रक्रिया र विरोधबीच बढ्दो तनाव, एमालेको सडक प्रदर्शन शुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com