काठमाडौ १७ असार । २०औँ एसियाली खेलकुदमा सहभागी हुन ३० खेल संघ दर्ता भएका छन्।
नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गरेर जुन ३० सम्मको समय दिएकोमा तोकिएको मितिमा ती संघ दर्ता हुन आएको जानकारी दिएको हो।
औँ एसियाली खेलकुद सन् २०२६ सेप्टेम्बरमा जापानमा आयोजना हुँदै छ। सरकारले अघि सारेको ‘मिशन २०२६’ योजनाअनुसार यसका लागि विभिन्न खेलका खेलाडीहरूलाई विगतदेखि निरन्तर तालिम दिइँदै आएको समेत नेपाल ओलम्कि कमिटीले जनाएको छ।
त्यस्तै बहराइनमा हुने तेस्रो ‘युथ एशियन गेम्स’मा नेपालको सहभागिता सुनिश्चित गर्न पनि कमिटीले आवश्यक पत्राचार गरिसकेको जनाएको छ।
उक्त प्रतियोगितामा सहभागी हुन जुलाई २१, २०२५ ९साउन ५० भित्र टिम दर्ता गरिसक्नुपर्ने कमिटीले जनाएको छ।








प्रतिक्रिया दिनुहोस्