ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे रास्वपामा छलफल


abc news
असार १५, २०८२ आईतबार  १ : ३२ बजे

काठमाडौ १५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा २५ जना केन्द्रीय सदस्य मनोनीत गर्नेबारे छलफल चलेको छ ।

रास्वपामा विधानतस् १२१ सदस्य केन्द्रीय सदस्य हुने भनिएको छ । तर, हाल ६७ जना मात्रै रहेका छन् ।

रास्वपाका प्रवक्ता मनिष झाले केन्द्रीय सदस्य थप्ने प्रस्तावबारे छलफल भएको पुष्टि गरे । ‘अहिले रास्वपाका जोडिन चाहने धेरै हुनुहुन्छ । महाधिवेशन ८र९ महिना बाँकी नै छ । त्यतिन्जेलसम्म रास्वपामा जोडिन चाहनेलाई कुनै जिम्मेवारी दिन सकिन्छ कि भन्ने छलफल चलेको छ’, झाले भने ।

तर, यो विषय केवल प्रस्तावको रुपमा मात्रै रहेको उनले बताए ।

रास्वपाका अर्का एक नेताका अनुसार अरु दलमा जिम्मेवारीमा बहाल रहेका र पूर्वसांसद समेत जोडिन खोजेका छन् । यस्तोमा केन्द्रीय सदस्यसम्मको जिम्मेवारी दिन सकिन्छ कि भने छलफल चलेको छ ।

२७ चैत २०८१ मा बसेको रास्वपा सचिवालय बैठकमा यो विषयमा छलफल भएको थियो । पछिल्लो पटक यही असार १४ गते बसेको रास्वपाको संसदीय दलको बैठकमा समेत यो विषयले प्रवेश पाएको थियो ।

कतिपयले भने महाधिवेशन नजिकिएले केन्द्रीय सदस्यको संख्या नथप्ने कि भन्ने राय प्रकट गरेका छन् ।

रास्वपाले आगामी फागुन ७, ८ र ९ मा महाधिवेशन गर्ने तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com