काठमाडौ १५ असार । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिलोमा नपसेसम्म देश समुन्नतितर्फ जान नसक्ने बताएका छन्।
आइतबार २२औं राष्ट्रिय धान दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिलोबाट तर्किएर देश नबन्ने बताएका हुन्। ‘अहिले हामी जुत्ता, चप्पल लगाएर हिलोमा टेकिन्छ भनेर तर्केर हिंड्छौँ,’ उनले भने, ‘सकेसम्म हिलोमा टेक्नु नपरोस् भन्ने ढंगको सोच बोकेका छौँ। तर वास्तवमा हामी जबसम्म हिलोमा पस्दैनौँ तबसम्म देश समुन्नतितर्फ जान सक्दैन।’
अधिकारीले अनुसन्धान गर्दै परिष्कृत गर्दै धान बालीलाई अघि बढाउनसके धानमा आत्मनिर्भर हुन कुनै समस्या नरहेको बताए। आत्मनिर्भर हुन राज्यको तर्फबाट गर्नुपर्ने दायित्व धेरै रहेको स्वीकार्दै उनले मल समयमा पाउनुपर्ने, पर्याप्त हुनुपर्ने कुरा जायज रहेको बताए।
गर्नुको साटो माधव बाबुलाई फसाउन बदनाम गराउन खोजेको तिमीलाई थाहा छैनरु’
यस्तै पार्टीको प्रेस संगठनका केन्द्रीय सदीय दिपक अनुरागीले पनि झाँक्रीको आलोचना गरेका छन्।
‘कमरेड रामकुमारी झाँक्री, पार्टी गठन यता तपाईंका अनेकौँ तर्कना सुन्यौँ। कमरेड तपाईंबाट पार्टी बन्दैन, बनेको पार्टीमा चर्का भाषण गर्ने आधार समाजवादीमा बनिसकेको छैन उनले लेखेका छन्, त्यसो हुँदा जुनसुकै तर्कना तपाईंले गरे पनि समाजवादी पार्टी कमरेड माधवकुमार नेपालबाहेक अरूले बनाउन सक्दैन। हजारौँ समाजवादी कार्यकर्ताको मनोभावना जित्छु, लाखौँ बाहिरी व्यक्तिको समर्थन पाउँछु भन्ठानेर माधवकुमार नेपालको राजीनामा माग्ने कुचेष्टा नगर्नुस्।’
एकीकृत समाजवादीका अर्का युवा नेता मनोज चौधरीले पनि झाँक्रीले दसौँ महाधिवेशनमा हारेको कुण्ठा पोखेको टिप्पणी गरेका छन्।
उनले लेखेका छन्, ‘१०औँ महाधिवेशन पराजय, मानसिक रोग साथै मन्त्रीबाट रुँदै फर्केको रिस अहिले पो देखियो। हामी अध्यक्ष नेपालको साथमा छौँ। अवसरवादी चरित्र।’








प्रतिक्रिया दिनुहोस्