काठमाडौ १५ असार । यसअघिको सहमतिअनुसार शिक्षा विधेयक आज नआउने भएको छ । यसअघि सरकार, मुख्य राजनीतिक दल र शिक्षकहरुबीच असार १५ गते अर्थात् आज शिक्षा विधेयक ल्याउने सहमति भएको थियो ।
शिक्षा समितिले विधेयक टुङ्गो लगाउन समय लगाएपछि तोकिएको समयमा विधेयक पारित हुन नसक्ने भएको हो । समितिमा एसईई प्रदेश तहबाट सन्चालन गर्ने, जिल्लामा शिक्षा विकास तथा समन्वय एकाई राख्ने, निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाउने लगायतका विषयमा सहमति जुटेको छ ।
शिक्षा समितिले विधेयकमा पेचिला बनेका विषयको टुङ्गो लगाए पनि समग्र छलफल अझै बाँकी ररहेको छ । विधेयकमा सबैभन्दा पेचिलो बनेको निजी विद्यालय र बालविकास केन्द्रको विषय पनि समितिबाट पारित भएको छ ।
निजी विद्यालयलाई शैक्षिक गुठीमा रुपान्तरण गर्ने विषयको आलोचना भइरहेका बेला लोककल्याणकारी सेवामूलक हुने गरी क्रमशः गैर नाफामुलक गर्ने गरी पारित गरेको छ । समितिले बालविकास केन्द्र ९ईसीडी० दुई वर्षको बनाउने निर्णय पनि गरेको छ ।








प्रतिक्रिया दिनुहोस्