ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

असार १५ : आज राष्ट्रिय धान दिवस, किसानलाई मलकै चिन्ता


abc news
असार १५, २०८२ आईतबार  ७ : ४६ बजे

काठमाडौं, १५ असार । आज असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाइँदै छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि मनाइन्छ ।

कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खाँदा शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाई असार १५ मनाउँछन् ।

विसं २०६१ मंसिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको थियो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।

किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।

मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ ।

यस वर्ष असार मध्यसम्म पनि देशका सबै भागमा पर्याप्त मात्रामा वर्षा नभएका कारण हुनुपर्ने जति धान रोपाइँ हुनसकेको छैन ।

कति ठाउँमा रासायनिक मलको पनि अभाव भएको गुनासो किसानले गर्ने गरेका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भने पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको दाबी गरेको छ ।

सरकारको गोदाममा कति छ मल ?

सरकारले आफ्ना गोदामहरूमा ६० हजार टनभन्दा बढी रासायनिक मल मौज्दात रहेको जनाएको छ । १ साउन २०८१ देखि १२ असार २०८२ सम्मको सरकारी तथ्यांक अनुसार सरकारसँग ६० हजार ७ सय १२ टन रासायनिक मल मौज्दात रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

सरकारले सार्वजनिक गरेको उक्त तथ्यांक अनुसार मौज्दात मलमध्ये युरिया २६ हजार ४ सय १२ टन छ । यस्तै २५ हजार ६ सय ८७ टन डीएपी र पोटास ८६ हजार १२ टन छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा रासायनिक मलका लागि सरकारले २७ अर्ब ९७ करोड बजेट छुट्याएको थियो । जसबाट ५ लाख ५० हजार टन मल आपूर्ति गर्ने लक्ष्य राखेको थियो । सोही लक्ष्य अनुसार मन्त्रालयले साल्ट ट्रेडिङ र कृषि सामग्री केन्द्रमार्फत मलको टेन्डर गरिसकेको छ ।

चालु आव असारसम्म ३ लाख ६३ हजार २ सय ३६ टन मल आपूर्ति भइसकेको मन्त्रालयले जनाएको छ ।

यस्तै साल्ट ट्रेडिङ कम्पनी लिमिडेट र कृषि सामग्री कम्पनी लिमिटेडले आयात गरिरहेको ३४ हजार टन युरिया कोलकाताबाट नेपाल प्रवेश गरिसकेको छ । उक्त परिमाणको मल दुवै कम्पनीको गोदाममा आइपुग्न बाँकी छ ।

मन्त्रालयका अनुसार कृषि सामग्रीले आयात गरेको ३० हजार टन युरिया कोलकाता आइसके पनि नेपाल आइपुग्न बाँकी छ ।

यस्तै साल्ट ट्रेडिङले आयात गरेको २२ हजार टन युरिया कोलकाता आउने क्रममा रहेको छ भने कृषि सामग्रीले ल्याउन लागेको ३० हजार टन डीएपी सिपमेन्ट भइसकेको र २५ असारमा कोलकाता आइपुग्ने मन्त्रालयले जनाएको छ ।

सरकारले मलको परिमाण सार्वजनिक गरे पनि किसानले धान रोपाइँ गर्ने बेलासम्म मल पाउन सकेका छैनन् ।

यस्तो समस्या वर्षौंदेखिको हो । रासायनिक मल समस्या समाधान गर्न विभिन्न घोषणा गरे पनि कार्यान्वयनमा भने अहिलेसम्म आउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com