काठमाडौ १४ असार । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले महाकाली सम्झौता कार्यान्वयन गर्ने पक्षमा सरकार रहेकोब बताएका छन्।
शनिबार मदन भण्डारी फाउन्डेसनले राष्ट्रियसभा गृहमा आयोजना गरेको मदन जयन्ती कार्यक्रममा पञ्चेश्वर पनि कार्यान्वयन हुने बताए।
‘महाकाली परियोजनासम्बन्धी सम्झौता कार्यान्वयन गर्ने पक्षमा अहिले पनि सरकार छ, सबै यसको पक्षमा छन्,’ ओलीले भने, ‘सम्भव भएसम्म निकट भविष्यमै सम्झौता कार्यान्वयन गर्दै पञ्चेश्वर कार्यान्वयन गर्छौँ।’
महाकाली सम्झौता कार्यान्वयन गरेर दोधारा चादनीमा पानी ल्याउने समेत बताए। नेकपा एमालेले त्यसमा अलिकति पनि तलमाथि हुन नदिने बताए।








प्रतिक्रिया दिनुहोस्