काठमाडौ १४ असार । विद्यालय शिक्षा विधेयकमा माध्यमिक शिक्षा परीक्षा ९एसईई० राख्ने सहमति भएको छ ।
शनिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा यसबारे सहमति जुटेको हो ।
सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गरेका थिए ।
उक्त प्रस्ताव अनुसार एसई प्रदेशबाटै सञ्चालन हुनेगरी सहमति जुटेको हो ।
जसका लागि प्रदेशले बोर्डसँग समन्वय गर्नेगरी समितिले विधेयकमा प्रस्ताव अघि बढाउने भएको हो ।
मूल विद्यालय शिक्षा विधेयकमा एसईई राखिएको थिएन । उपसमितिले पनि एसईई नराख्ने सहमति थियो ।
यद्यपि प्रदेशबाटै एसईई सञ्चालन हुनेगरी शनिबार समितिले पारित गरेको हो ।
समितिले उक्त विधेयक पारित गरेर अब प्रतिनिधिसभामा पठाउनेछ ।








प्रतिक्रिया दिनुहोस्