ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले भने- अंक थपेर एसईईको नतिजा बढाइएको होइन


abc news

काठमाडौ १४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा अंक थपेर नबढाएको दाबी गरेका छन् ।

हिजो शुक्रबार० मात्रै सार्वजनिक भएको ०८१ को एसईईको नतिजाबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री ओलीले शनिबार प्रतिनिधि सभा बैठकबाटै यस्तो दाबी गरेका हुन् ।

‘मिहिनेत गरेर विद्यार्थीले पास गरेको कुरालाई अपमान हुनेगरी नयाँ पुस्तालाई होच्याउने गरी विद्वानले बोलेको कुरा सुन्दा दुस्ख लाग्छ । नम्बरमा खेलबाड होइन । विद्यार्थीले मिहिनत गरेर यो नम्बर ल्याएको हो,’ प्रधानमन्त्री ओलीले भने ।

नतिजामा केही मानिसले अंक थपेर हचुवाको भरमा बिना आधार बोलोको भन्दै प्रधानमन्त्री ओलीले दुस्ख व्यक्त गरे ।

शुक्रबार प्रकाशित भएको एसईईको नतिजामा ६१।८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । अघिल्लो वर्ष ४८ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका थिए ।

‘४८ पनि नपुगेको ठाउँबाट ६१ प्रतिशत पुगेको छ । रेकर्ड ब्रेक भयो । विद्यार्थी फेल नगर्ने परिपाटी बनाउनुपर्छ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले विद्यार्थीको मिहिनेतलाई अपमान नगर्न पनि आग्रह गरे ।

अनलाइन कक्षा सञ्चालन गरेकाले पनि नतिजामा सुधार आएको उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले गत वर्षको नतिजा कमजोर भएपछि ७० प्रतिशत पुर्‍याउने बताएका थिए । यो वर्ष ६१ प्रतिशत पुगेकाले आगामी वर्ष ७० पुर्‍याउन पहल गर्ने बताए ।

‘मैले केही युवा शिक्षकलाई आग्रह गरे मेन्टर शिक्षकको रुपमा खटेका छन् । ल्यापटप, मोबाइल, दूरसञ्चार, इन्टरनेट सेवा पुर्‍याएर अनलाइन कक्षा भयो । डेढ लाख विद्यार्थीलाई निस्शुल्क अनलाइन कक्षा चलाइएको छ,’ ओलीले भने, ‘राम्रो काममा प्रसंशा गर्नुपर्छ । आगामी वर्ष यो भन्दा ६५–७० प्रतिशत पुर्‍याउछौँ ।’

यसरी धेरैवर्ष यता नतिजामा उल्लेखिय सुधार भएको भन्दै प्रधानमन्त्री ओलीले सबैलाई संसदबाट बधाइ र धन्यावाद पनि दिए ।

‘धेरै वर्ष यता नतिजामा उल्लेखिय वृद्धिको खुसीको कुरा हो । मिहिनेतका साथ अध्ययन गरेर सफलतामा पुर्‍याउने देशको रेकर्ड रनारात्मक ४८ प्रतिशतबाट ६१ प्रतिशत पुर्‍याउन मिहिनेत गर्ने विद्यार्थी भाइबहिनीलाई बधाइ । पढाइमा सिकाइमा राम्रो ज्ञान दिने शिक्षकलाई धन्यवाद,’ ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com