ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महाधिवेशन नआउँदै पार्टीका केही स्वार्थीलाई महाधिवेशन लागेको छ- ओली


abc news

काठमाडौ १४ असार । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्रका केही स्वार्थीलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन्।

जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा शनिबार राष्ट्रिय युवा संघले काठमाडौँको चन्द्रागिरि नगरपालिका(१३, कंकालीमा आयोजना गरेको वृक्षारोपण कार्यक्रम शुभारम्भमा एमाले अध्यक्ष ओलीले पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरूले अहिलेदेखि महाधिवेशनको चर्चा गरेको आरोप लगाएका हुन्।

‘हामी अर्जुन दृष्टिका साथ मिसन २०८४ को अभियानमा छौँ। हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो। यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेला महाधिवेशन नआउँदै महाधिवेशन लागेकोजस्तो देखाउन आवश्यक छैन। हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन’, उनले भने, ‘केही स्वार्थीहरूलाई महाधिवेशन लागेको मात्रै हो। हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन।’

अब हुने महाधिवेशनबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको अध्यक्ष बनाउनुपर्छ भन्ने चर्चा चलिरहेका बेला वर्तमान ओलीबाट उक्त आक्रोश व्यक्त भएको हो।

त्यसो त राष्ट्रपति बनेपछि १० वर्ष पार्टीगत राजनीतिबाट अलग रहेकी भण्डारीले आजै एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने तयारी गरेकी छन्। आफ्ना पति मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा ‘मदन भण्डारी फाउन्डेसन’ले आज काठमाडौँमा आयोजना गर्ने कार्यक्रममार्फत उनले पुनः एमालेको सक्रिय राजनीतिमा प्रवेश गर्ने उद्घोष गर्ने भएकी हुन्। जसमा अध्यक्ष ओलीलाई समेत प्रमुख अतिथिका रूपमा निमन्त्रणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com