ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विमानस्थलबाट फर्काइन थाले एनओसीविनाका भारतीय, विवरण स्क्यान गरेर राख्नुपर्ने


abc news

काठमाडौ १३ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेका बेला समेत भिजिट भिसाका नाममा सेटिङमा युवा विदेशी रहेको खुलेपछि विमानस्थल अध्यागमनमा थप कडाइ गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा बसेको विभिन्न निकायको बैठकपछि विमानस्थलमा थप कडाइ गर्न थालिएको हो । अहिले विदेशी नागरिकलाई नो अब्जेक्सन लेटर ९एनओसी० विना विदेश जान पूर्णतस् रोक लगाइएको छ भने त्यसको विवरण स्क्यान गरेर राख्न समेत भनिएको छ ।

हाल अख्तियारको छानबिनमा रहेका सहसचिव तीर्थराज भट्टराई विमानस्थल अध्यागमनको प्रमुख रहेका बेला विमानस्थलबाट चार महिनामा २१२ जना भारतीय नागरिक विना एनओसी विदेश गएको खुलेको थियो । तीमध्ये कतिपय नक्कली एनओसीका आधारमा समेत गएको भेटिएका थिए ।

त्यसपछि काठमाडौंस्थित भारतीय दूतावासले पनि चासो देखाएको थियो । यसपछि विमानस्थलबाट अहिले दिनहुँ भारतीय नागरिकहरुलाई फर्काइने गरिएको स्रोतले जनाएको छ ।

नेपाली नागरिकको हकमा समेत भिसा र होटल बुकिङको ‘स्क्यान कपी’ राख्न अनिवार्य गरिएको छ । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालले भिजिट भिसामा जान आवश्यक अन्य कागजहरुको डिजिटल प्रतिलिपि राख्न भनिएको अनलाइनखबरसँग पुष्टि गरे ।

‘कतिपय अवस्थामा छानबिन गर्नुपर्दा छुट्टयाउनै गाह्रो पर्ने स्थिति देखियो, त्यसैले डिजिटल कपी राख्नुपर्ने व्यवस्था गरेका छौं’, रिजालले भने, ‘अहिले यो अनिवार्य गरिएको छ ।’

प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा गृह मन्त्रालय, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, राहदानी विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, सूचना प्रविधि मन्त्रालय लगायतका उच्च अधिकारीहरु समेत सहभागी थिए ।

भिजिट भिसा प्रकरणमा छानबिनका लागि सरकारले पूर्वमुख्य सचिव शंकरदास वैरागीको नेतृत्वमा उच्चस्तरीय समिति बनाएको थियो । तर, वैरागी नेतृत्वको समितिलाई लिएर समेत विपक्षी दलहरुले प्रश्न उठाइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com