ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोसीको बजेट ३५ अर्ब ८७ करोड, प्रदेशस भाबाट पारित


abc news
असार १३, २०८२ शुक्रबार  ५ : १५ बजे

काठमाडौ १३ असार । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि प्रस्ताव गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट शुक्रबार बसेको प्रदेशसभा बैठकबाट बहुमतले पारित भएको छ। प्रदेश सरकारले गत असार १ गते बजेट प्रस्तुत गरेको थियो।

प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रस्तावलाई बहुमतले पारित गरेको हो। कुल बजेटमध्ये १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ चालु खर्च ९५२ प्रतिशत० र १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ पुँजीगत खर्च ९४७।७ प्रतिशत० विनियोजन गरिएको छ।

बजेट कार्यान्वयनका लागि स्रोत व्यवस्थापनमा प्रदेश सरकारले आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड, र सङ्घीय सरकारको वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड रुपैयाँ जुटाउने योजना बनाएको छ। यस्तै, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड, समपूरक अनुदानबाट ३९ करोड र विशेष अनुदानबाट ५५ करोड रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ। बाँकी अपुग ३ अर्ब १३ करोड रुपैयाँ नगद मौज्दातबाट व्यवस्थापन गरिने भनिएको छ।

‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन दृष्टिकोणलाई आत्मसात् गर्दै बजेटले कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकता दिएको छ। आगामी वर्षमा ५।३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको प्रदेश सरकारले अब साउन १ गतेदेखि बजेट कार्यान्वयनमा जाने गरी बजेट पारित भएको हो ।

बजेट छलफलको क्रममा सांसदहरूले बजेट यथार्थपरक नभएको, पुँजीगत भन्दा चालु खर्च बढी राखिएको बताएका थिए। बजेट मन्त्रीको निर्वाचन क्षेत्र केन्द्रित भएको, बजेट वितरणमा असमानता भएको, सांसदहरूको लागि तोकिएको सिलिङमा समेत बजेट नहालिएको भन्दै सांसदहरूले सरकारको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com