काठमाडौ १३ असार । तेल अबिबस्थित नेपाली राजदूतावास, इजरायलले इजरायल शान्त र सुरक्षित रहेका बताएको छ।
शुक्रबार विज्ञप्ति प्रकाशित गरी दूतावासले इजरायलमा केही समयदेखि बनेको अशान्त र भयपूर्ण वातावरण हाल शान्त र सुरक्षित देखिएको स्पष्ट पारेको छ।
‘इजरायलरइरान बीच १३ जुन २०२५ देखि चलेको युद्ध अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमद्वारा इजरायल र इरानी पक्षलाई संयमता अपनाइ युद्ध विराम गर्न गरेको आव्हान स्वरुप १२ दिने सो युद्व २५ जुन २०२५ देखि रोकिएको छ’ दूतावासले भनेको छ, ‘यस विराम स्थायी रुपमा परिणत रहोस भन्ने शुभेच्छा सहित इजरायलमा केही समय देखि बनेको अशान्त र भयपूर्ण वातावरण हाल शान्त र सुरक्षित देखिएको व्यहोरा सवैमा जानकारीका लागि अनुरोध गरिन्छ।’








प्रतिक्रिया दिनुहोस्