ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिजिट भिसा प्रकरणबारे छलफल गर्न रास्वपाले शनिबार संसदीय दलको बैठक राख्ने


abc news

काठमाडौ १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा ले शनिबार संसदीय दलको बैठक राख्ने भएको छ।

पार्टीका प्रवक्ता मनीष झाका अनुसार बैठक शनिबार बिहान ९ बजे बानेश्वरस्थित संसदीय दलको कार्यलयमा बस्नेछ।

बैठकमा भिजिट भिसा काण्डसम्बन्धी पछिल्ला घटनाका विषयमा छलफल गरिने उनले बताएका छन्।

रास्वपाले भिजिट भिसा प्रकरण छानबिनका लागि सरकारले गठन गरेको समिति बहिष्कार गरेको छ भने यस काण्डमा जोडिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनैपर्नै अडान राखिरहेको छ।

यही असार ९ गते बसेको मन्त्रिपरिषद्‌ बैठकको निर्णयअनुसार पूर्वमुख्य सचिव शंकरदास वैरागीको अध्यक्षतामा भिजिट भिसा प्रकरण उच्चस्तरीय छानबिन समिति गठन गरेको छ।

जसमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलुवाल, कानुन न्याय तथा संसदीय मामिलाका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा, श्रम रोगजार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले सदस्य छन्। जसमध्ये काफ्लेलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।

तर विपक्षी दल रास्वपाले पूर्वमुख्यसचिव वैरागी नै शंकाको घेरामा रहेको दाबी गर्दै समिति अस्वीकार गरेको हो।

यसअघि नै संसद् खुलाउन एमाले(कांग्रेससँग दुईबुँदे सहमति गरेको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भने समितिको स्वागत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com