ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा पेटको क्यान्सर पत्ता लगाउने एआई प्रणालीको विकास


abc news
असार १३, २०८२ शुक्रबार  ११ : २६ बजे

काठमाडौ १३ असार । चीनका अनुसन्धानकर्ताहरूले पेटको क्यान्सर प्रारम्भिक चरणमै पत्ता लगाउन सक्ने अत्याधुनिक कृत्रिम बुद्धिमत्ता ९एआई० प्रणाली विकास गरेका छन् । नियमित रूपमा गरिने सिटि परीक्षणमार्फत पेटको क्यान्सर पत्ता लगाउने एआई प्रणालीको विकासले डाक्टरहरूलाई समयमै उपचार शुरु गर्न सहयोग पुर्‍याउने विश्वास छ ।

पूर्वी चीनको चच्याङ प्रान्तमा रहेको चच्याङ क्यान्सर अस्पताल र अलिबाबाको ‘डामो अध्ययन प्रतिष्ठान’को संयुक्त प्रयासमा तयार गरिएको यो प्रणालीलाई ‘डामो ग्रेप’ भनिन्छ । ७० हजारभन्दा धेरै बिरामीहरूमा गरिएको यो परिक्षणबाट सकारात्मक नतिजा प्राप्त भएको अनुसन्धानकर्ताहरूले बताएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

चीनमा हरेक वर्ष दुई लाख ६० हजार मानिसले पेटको क्यान्सरका कारण ज्यान गुमाउने गर्छन् । चच्याङ प्रान्तका दुई अस्पतालमा गरिएको परीक्षणमा, एआई प्रणालीले उच्च जोखिम समूहमा रहेका १७ दशमलव ७ प्रतिशत र २४ दशमलव ५ प्रतिशत बिरामीहरूमा क्यान्सर पहिचान गर्न सफल भएको थियो, तीमध्ये धेरैमा कुनै लक्षण देखिएको थिएन ।

अनुसन्धानका क्रममा ११ जना क्यान्सर पुष्टि भएका बिरामीहरूको अघिल्लो सिटि परीक्षण अध्ययन गर्दा, प्रणालीले दुईदेखि दश महिनाअघि नै असामान्य सङ्केतहरू पहिचान गरिसकेको पुष्टि भएको थियो । अहिले यो प्रणाली चीनभित्र पेटको क्यान्सर बढी देखिने क्षेत्रहरूमा प्रयोगमा ल्याइएको छ र भविष्यमा विदेशमा समेत विस्तार गर्ने योजना रहेको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

सम्बन्धित

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

अबकी बार, सय पार ! गगनको नारा, शेखरको भावनात्मक अपिल : घर-घर पुग’

ओली झापा पुगे, बालेन काठमाडौंमा रणनीति बुन्न फर्के

दुर्गा प्रसाईं फेरि पक्राउ

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com