ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानका सर्वोच्च नेताले भने– अमेरिकी आक्रमणले आणविक केन्द्र बिग्रिएको छैन


abc news

काठमाडौं, १३ असार । युद्धविराम भएपछि पहिलो पटक सार्वजनिक रूपमा प्रतिक्रिया व्यक्त गर्दै इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीले अमेरिकाले इरानमा गरेको आक्रमणबाट केही पनि क्षति नभएको बताएका छन्। इरान र इजरायल युद्धको समयमा अमेरिकाले इरानको आणविक केन्द्र ध्वस्त पारेको दाबी गरिरहँदा खामेनीको यस्तो प्रतिक्रिया आएको हो।

उनले अमेरिकाको आक्रमणबाट इरानको आणविक कार्यक्रममा केही पनि असर नगरेको बताउँदै कतारमा रहेको अमेरिकी सेनाको एयर बेसमा भएको आक्रमण भने ठुलो झट्का भएको दाबी गरेका छन्।

१३ जुनमा इरान र इजरायलको बीचमा युद्ध सुरु भएपछि सार्वजनिक नभएका खामेनीले बिहीबार टेलिभिजन कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्। कतारमा भएको आक्रमणको बारेमा खामेनीले शत्रु पक्षलाई धेरै क्षति पुगेको तथा यस्तो आक्रमण भविष्यमा पनि हुन सक्ने र त्यस परिस्थिति आएमा आक्रमण अझ डरलाग्दो हुने चेतावनीसमेत दिएका छन्।

अमेरिकाले इरानसँग वार्ताको प्रयास गरे पनि इरानका विदेश मन्त्रीले बिहीबार अमेरिकासँग वार्ताको कुनै योजना नभएको बताएका छन्।

अमेरिकाले बारम्बार इरानको आणविक केन्द्रमा भएको आक्रमणले सफलता पाएको दाबी गर्दै आएको छ।

खामेनीको प्रतिक्रियाको अघि मात्र अमेरिकी रक्षा मन्त्री पिटर हेगसेथले इरानमा गरिएको प्रहारले सफलता पाएको अमेरिका र इजरायल दुवै देशको गुप्तचर रिपोर्टमा समावेश भएको उल्लेख गरेका छन्।

पेन्टागनमा सेनाका अधिकारीको साथमा रहेर पत्रकार सम्मेलनको आयोजना गर्दै हेगसेथले आक्रमणले ऐतिहासिक सफलता दिलाएको बताएका हुन्। कुनै गुप्तचरले भने फोर्डोबाट युरेनियम पहिलो नै निकाली सकेको शङ्का व्यक्त गरेका थिए। हेगसेथले त्यो शंकामा ध्यान दिनुपर्ने आवश्यकता नै नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com