ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हैदराबादमा चोरी, आरोपी खोज्दै काठमाडौं सम्म भारतीय प्रहरी


abc news

काठमाडौ १२ असार । पञ्जाब प्रहरीको एउटा टोली विना समन्वय काठमाडौं आउँदा पक्राउ परेपछि सनसनी मच्चिएको घटना सेलाउन नपाउँदै भारतीय सुरक्षा अधिकारीको अर्को टोली पनि काठमाडौंसम्म आएको खुलेको छ ।

तेलङ्गाना राज्यको हैदराबादमा भएको चोरीको घटनामा संलग्नको खोजी गर्दै डीएसपी जसवन्त सिंहको नेतृत्वमा चार जना प्रहरी अधिकृतहरू करिब एक साताअघि काठमाडौं आएको भेटिएको हो ।

‘उनीहरू बर्दी वा हतियारसहित आएका होइनन्, अनौपचारिक रुपमा सूचना लिनका लागि आएका जस्ता देखिन्छन्’, नेपाल प्रहरीका एक उच्च अधिकृतले अनलाइनखबरसँग भने, ‘काठमाडौंमा उनीहरूले मानिसहरूसँग केरकार गरेको थाहा पाएपछि उनीहरूलाई नै नियन्त्रणमा लिएर छानबिन गरेका थियौं ।’

स्रोतका अनुसार, भारतीय प्रहरीको टोली त्यहाँ घरेलु कामदारका रुपमा बसेका नेपाली जोडिएको चोरीको घटनामा अनुसन्धानका लागि नेपाल प्रवेश गरेका थिए । पहिले उनीहरू दैलेखको आठबिसकोट नगरपालिका–५ पुगेका थिए । त्यहाँ चोरीमा संलग्न आरोपी फेला नपारेपछि केही नेपालीलाई लिएर उनीहरू बसेको ठाउँ खोज्दै काठमाडौंसम्म आएको पाइएको ती अधिकृत बताउँछन् ।

नागर्जुन नगरपालिकामा चार जना आएपछि यो सूचना जिल्ला प्रहरी परिसर, काठमाडौंसम्म पुगेको थियो । त्यसपछि उनीहरू पक्राउ परेका थिए ।

काठमाडौं प्रहरीका एसपी अपिलराज बोहोरा भने भारतीय अधिकारी नभइ चोरीमा संलग्न रहेको सूचनाका आधारमा चार जना नेपालीलाई नियन्त्रणमा लिइएको बताउँछन् । ‘तर सोधपुछ गर्दा संलग्नताको आधारहरू नभेटिएपछि त्यसबेलै छाडेका थियौं’, उनी भन्छन् ।

भारतीय प्रहरीको सन्दर्भमा चाहिँ उनले विस्तृतमा बताउन चाहेनन् । तर, एक उच्च प्रहरी अधिकृतका अनुसार, यसबारे नेपाल प्रहरीले थाहा पाएपछि भारतीय अधिकृतहरूले समन्वय गरिदिन भनेका थिए । त्यसक्रममा सोधपुछ गरिएको थियो ।

तर, धेरै विवरण हात लाग्न नसकेको ती अधिकृत बताउँछन् । ‘खासमा जहाँ चोरी भयो, त्यहाँ १० जना काम गरिरहेका रहेछन् । तीमध्ये ६ जना चोरी गरेर काठमाडौं आएका रहेछन्’, ती अधिकृतले भने, ‘बाँकी रहेकालाई नेपालमा कहाँ बसेको छ देखाइदिन भन्दै लिएर आएका रहेछन् ।’

यद्यपि, यसरी आउनुअघि ती प्रहरी अधिकारीहरूले काठमाडौंस्थित भारतीय दूतावाससँग समेत समन्वय नगरेको पाइएको स्रोतको दाबी छ । ‘यसबारे भारतको केन्द्रीत तहमा पनि छलफल भएको सूचना पाएका छौं’, एक उच्च अधिकृतले भने ।

नेपाल प्रहरीसँग समन्वय विना यसअघि आएका पन्जाब प्रहरीका ७ जना अधिकारीहरु पक्राउ परेका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले उनीहरुलाई नियन्त्रणमा लिएर भारतीय दूतावाससँग निकट रहेका एक अधिकारीलाई जिम्मा लगाइदिएका थिए । त्यस विषयमा छानबिन गर्न तत्कालीन प्रहरी महानिरीक्षक ९आईजीपी० वसन्त कुँवरले छानबिन समिति समेत बनाएका थिए ।

यो विषयले कूटनीतिक तहमा समेत प्रवेश पाएपछि भारतको गृह मन्त्रालयले ‘विदेशमा अनुसन्धान गर्न जाँदा अपनाउनुपर्ने कार्यविधिबारे सकुर्लर’ नै जारी गर्नु परेको थियो । यो निर्देशिकामार्फत ‘विदेशी मुलुकमा कुनै पनि अनुसन्धान वा प्रहरी गतिविधिका लागि पूर्वस्वीकृति र समन्वय अनिवार्य बनाइएको’ उल्लेख गरिएको थियो ।

पछि पञ्जाबबाट आएको टोली भारतीय गुण्डा नाइके लरेन्स विश्नोईका समूहका चार सदस्य खोज्दै काठमाडौंसम्म आएको भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com