काठमाडौ १२ असार । मधेश सरकारले गत असार १ गते आगामी आर्थिक वर्ष २०८२र०८३ को लागि ४६ अर्ब ९८ करोड ३३ लाख ५१ हजारको बजेट ल्याएको थियो । काँग्रेसबाट अर्थ मन्त्री रहेका सुनिल कुमार यादवले प्रस्तुत गरेको बजेटको रेडबुक दशदिनपछि हिजो बुधबार सांसदहरुको हातमा परेको छ ।
यो रेडबुक जनमतका अध्यक्ष डा।सिके राउतले पढेपछि आफू पनि पीडित रहेको बताउँदै सामाजिक सञ्जालमा असन्तोष पोखेका छन् । ‘मधेश सरकारको रेडबुक बारे स् तपाईं जस्तै म पनि पीडित हो, पार्टी सदैव तपाईंहरूको साथमा छ’ असन्तुष्टहरुलाई सान्तवना दिँदै उनले अगाडि लेखेका छन्, ‘मधेश सरकारको वार्षिक कार्यक्रम २०८२र८३ रेडबुक आएको छ, झल्झल्ती हेर्दा जनमत पार्टीले लिएको नीति, सिद्धान्त र ’भिजन’बाट हामी वंचित भएको आभाष भएको छ ।’
जबकी मधेशमा जनमतकै नेतृत्वमा सरकार छ । जनमतकै सतिशकुमार सिंह मुख्यमन्त्री छन् । उनै मुख्यमन्त्री सिंह नेतृत्वको सरकारले गत असार १ गते ल्याएको बजेटमा जनमतकै अधिकांश योजना नपरेको डा। सिके राउतले गुनासो मात्र गरेका छैनन् बिचौलियाबाट योजना समेत राखिएको दावी गरेका छन् ।
‘जनमत पार्टीले जनताको बीचमा गएर माग गरेका अधिकांश योजनाहरू परेका छैनन्, न त जनमत पार्टीले राखेका गौरवका योजनाहरूरभिजनरी कार्यक्रमहरू नै परेको छ’, उनले लेखेका छन्, ‘बिचौलिया वा अन्य पार्टीका माध्यमबाट राखिएका कार्यक्रमहरूमा २५–५० लाख, २ करोड, ४ करोड बजेट राखिएको छ भने जनमत पार्टीले सिफारिश गरेका कार्यक्रम परिहाले पनि ५–५ लाख बजेट छुट्टयाइएको छ ।’
जनमत नेतृत्वकै सरकार हुँदा डा। राउतले बजेटप्रति पोखेको असन्तुष्टि र लगाएको गम्भीर आरोपले तरंग पैदा भएको छ । यसले प्रमुख प्रतिपक्षी दललाई पुनस् बल पुगेको छ ।
यसअघि २५ जेठ २०८० मा जनमतको नेतृत्वमा सरकार बनेपछि २०८१र०८२ को लागि ल्याएको बजेट पनि निर्विवाद रहन सकेको थिएन ।








प्रतिक्रिया दिनुहोस्