ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेमाथि रास्वपादेखि बालेनसम्मले हमला गरिरहेका छन्- हासचिव पोखरेल


abc news

काठमाडौ १२ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टी माथी चारवटा शक्तिले हमला गरिरहेको बताएका छन्। एमालेले राष्ट्रहित र जनताका सवाललाई शसक्त ढंगले उठाँउदा यस्तो हमला भए पनि उनीहरूको स्वार्थ पूरा हुन नदिन एमालेले शसक्त प्रतिवाद गर्नुपर्ने उनको भनाइ छ।

एमाले काठमाडौं जिल्ला कमिटीको छैटौं बैठकलाई आज टोखामा सम्बोधन गर्दै पोखरेलले एमालेलाई राजावादी, माओवादी, समाजवादी भनेर पपुलिस्ट राजनीति गर्नेहरू र विदेशी शक्तिहरूले हमला गरिरहेको बताए।

‘एमालेलाई मुख्यगरी अहिले चारवटा शक्तिले साइवर हमला गरिरहेका छन्। मुख्यगरी उनीहरू सामाजिक सञ्जालमार्फत एमालेलाई कमजोर पार्न खोजिरहेका छन्। राजावादी,माओवादी,समाजवादी पपुलिस्ट र बाह्य शक्ति’ पोखरेलले भने, ‘एमाले कमजोर हुँदा यी सबैको स्वार्थ पुरा हुने भएकोले उनीहरू हामीमाथि खनिएका हुन्।’

एमाले नभएको भए राजालाई नारयणहिटी लगेर श्रीपेच लगाइदिन यस्तो अवरोध हुने थिएन भन्ने लागेर राजावादीहरू एमालेविरुद्ध खनिएको उनको दाबी छ।

‘एमाले भएकै कारण राजावादीले जेठ १५ गते देखि सुरु गरेको अनिश्चितकालिन आन्दोलनले हावा खायो’ महासचिव पोखरेलले भने, ‘त्यसैले उनीहरू एमाले विरुद्ध खनिएका छन्। राजावादीको गालिबाट हामी बिचलित हुनुहुँदैन। उनीहरूले विरोध गरेपछि बुझ्नुपर्छ हामी सही ठाउँमा छौं।’

एमालेलाई आक्रमण गर्ने अर्को शक्ति कम्युनिस्ट नामका माओवादी र समाजवादी भएको पोखरेलको भनाइ छ। उनले नेपालमा एमालेलाई कमजोर नपारेसम्म आफूहरू अघि बढ्न नसक्ने निष्कर्ष निकालेर माओवादी,समाजवादी र अन्य कम्युनिस्ट नामका पार्टीहरू एमालेमाथि हमला गर्न आउने गरेको बताए।

‘एमालेलाई कमजोर पारेपछि मात्र आफ्नो आकार बढाउन सकिन्छ भन्ने लागेका कम्युनिस्ट धारीहरू साइबर हमला गर्न आएका छन्’ पोखरेलले भन्नुभयो ‘तिनीहरू विदेशीका भरिया हुन्। काँग्रेससँग एमालेले सत्ता सहकार्य गरेपछि आफ्नो बार्गेनिङ घट्यो भनेर तिनीहरू एमाले विरुद्ध खनिएका हुन्। यसमा पनि हामी आत्तिने होइन प्रतिकारमा उत्रनु पर्दछ। ’

महासचिव पोखरेलले एमाले माथी हमाल गर्ने तेस्रो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहहरू भएको बताए।

‘पपुलिजमका नाममा जनता अलमल्याएर उनीहरूले एमालेमाथि हमला गरिरहेका छन्,’ पोखरेलले भने, ‘किनभन्दा उनीहरू गलत नीतिको प्रतिरोध र भण्डाफोर गर्न सक्ने एमाले हो भन्ने बुझेका छन्।’

अराजकतावादीले घृणाको संस्कृत फैलाउने र त्यसलाई एमालेले प्रतिरोध गर्छ भन्ने बुझेर निशाना एमालेलाई बनाएको उनको भनाइ छ।

एमालेको खोइरो खन्ने बाह्य शक्ति पनि भएको उनको आरोप छ। ‘नाकाबन्दीको सामना, गुमेको जमिनलाई नेपालको नक्सामा गाभ्ने काम र देशका लागि स्वाभिमान प्रदर्शन एमालेले गर्‍यो। मुलुकमा स्थायीत्वको खोजी गर्‍यो,’ पोखरेलले भने, ‘एमाले कमजोर भएको भए देशलाई कठपुतली र विदेशीको गीर खेल्ने ठाउँ बनाउथे। त्यो स्वार्थ पूरा गर्न एमालेले दिएको छैन। त्यसैले एमाले र यसको नेतृत्वप्रति हमला भइरहेको छ।’

महासचिव पोखरेलले एमालेका मुल नेता र प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीप्रति हमला बढेकोले त्यसको प्रतिरोध गर्न सबैलाई निर्देशन दिए। आज एउटा नेतालाई हमला गर्नेले भोलि अरुलाई पनि बाँकी नराख्ने भएकोले त्यस्ता शक्तिहरूलाई आजै निस्तेज पार्नुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com