ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विनयी खोलाको पुल भाँचिएको ५ महिनासम्म पूर्व–पश्चिम राजमार्ग अस्तव्यस्त


abc news
असार १२, २०८२ बिहीबार  ३ : ४३ बजे

काठमाडौ १२ असार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीमा पर्ने दुम्कीबासको पुल भाँचिएको ६ महिना पुग्न लाग्दा पनि सरकारले विकल्प नदिँदा गाडी चालक र यात्रुहरूले सास्ती खेप्नुपरेको छ ।

गएको पुस २६ गते विनयी खोलाको पुल भाँचिएको थियो । डाइभर्सन बनाएर गाडी चलाए पनि बाढीले पटक पटक बगाउने गरेको छ । अहिले डाइभर्सनको वैकल्पिक मार्ग प्रयोगमा ल्याइए पनि मालवाहक ट्रक चल्न दिइएको छैन ।

भैरहवा–काठमाण्डौ रुटमा ट्रक चलाउँदै आउनुभएका कृष्णबहादुर श्रेष्ठ ४ दिनदेखि बर्दघाटमै रोकिएको बताउनुहुन्छ । आफूहरूले प्रशासनलाई आग्रह गरे पनि नसुनेको उहाँको भनाइ छ ।

भैरहवाबाट काठमाण्डौ हिँडेका अर्का ट्रक चालक बुद्धिसागर न्यौपाने पनि ४ दिनदेखि बर्दघाटमै रोकिनुभएको छ । ट्रकमा आलु र प्याज बोकेका ट्रक चालक सुबोध पासवान पनि ४ दिनदेखि बर्दघाटमै रोकिनुभएको छ । उहाँले ट्रकमा भएको आलु र प्याज कुहिएर गन्हाउँदा सुत्नसमेत नसकिएको गुनासो गर्नुभयो । उहाँहरूजस्तै सयौं चालकहरू अहिले सडकमै दिनरात कटाइरहेका छन् ।

बुटवल–नारायणगढ खण्डको दुम्कीबासमा रहेको विनयी खोलाको भाँचिएको पुललाई यही असारभित्र सञ्चालनमा ल्याउने तयारी गरेको सडक आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

सम्बन्धित

सामाजिक सञ्जाल र लोकप्रियतावादमाथि दाहालको चेतावनी : वैचारिक चिन्ता कि राजनीतिक प्रतिरक्षा?

नेपालको राजनीतिमा सत्ता निरन्तरताको लोभले निम्त्याउन खोजेको कुरूप यथास्थिति

झापा ५ : कार्यकर्ताले नै मत नदिने डर बढ्दो, पुराना दलहरू चिन्तित !

तराईमा हुस्सु, केही ठाउँमा हिमपातको सम्भावना

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com