काठमाडौ १२ असार । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउन्डेसनले यसबारे जानकारी दिएको हो। फाउन्डेसनका सचिवालय सदस्य रामशरण प्याकुरेलकाअनुसार ४७ वर्षीय शेर्पा ४७ वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन्।
पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ४ खुम्जुङ्ग गाउँका बासिन्दा हुन्। शेर्पाले करिब १५ वर्षसम्म नेपाल पर्वतारोहण संघको नेतृत्व गरेका थिए।
शेर्पालाई असार १४ गते जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा १ लाख रुपैयाँ नगदसहित सम्मान गरिने बताइएको छ।








प्रतिक्रिया दिनुहोस्