ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव नेपाललाई ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश


abc news
असार ११, २०८२ बुधबार  ९ : ४६ बजे

काठमाडौं, ११ असार । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाललाई विशेष अदालतले ३५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले केही बेरअघि यस्तो आदेश दिएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। बुधबार बिहान नेपालले अदालतमा बयान दिएपछि थुनछेक बहस चलेको थियो।अदालतले भनेबमोजिम धरौटी बुझाए नेता नेपाल बुधबारै छुट्नेछन्। काभ्रेमा रहेको पतञ्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

पूर्वप्रधानमन्त्री नेपाल आफै उपस्थित हुने भन्दै निवेदन दायर गरी बुधबार बिहान अदालत पुगेका थिए। नेपाल विशेष अदालतमा थुनछेक प्रक्रियाका लागि उपस्थित भएका थिए।नेपालका तर्फबाट वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, हरिहर दाहाल, कृष्णप्रसाद भण्डारी, खम्मबहादुर खाती, गोविन्द बन्दी, रमण श्रेष्ठ र टिकाराम भट्टराईले बहस गरेका थिए।

उनीहरूले पतञ्जली प्रकरणमा नेपाल निर्दोष रहेको जिकिर गर्दै अदालतले बोलाएका बेला उपस्थित हुने गरी छोड्न माग गरेका थिए।

अख्तियारका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त र सरकारी वकिलहरूले बहस गरेका थिए। उनीहरूले नेपाललाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए। वरिष्ठ अधिवक्ता पन्तले पतञ्जली प्रकरणमा नीतिगत भन्दा पनि व्यक्तिगत प्रभाव र दबाबका भरमा निर्णय भएको दाबी गर्दै घटनाक्रमहरू सिलसिलाबद्ध रूपमा इजलास समक्ष सुनाएका थिए।

पूर्वप्रधानमन्त्री नेपालका तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले भने अख्तियारका तर्फबाट वरिष्ठ अधिवक्ता पन्तले गरेको बहसप्रति नै आपत्ति जनाएका थिए। नेपालका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापाले सुरूमै अख्तियारका तर्फबाट सरकारी वकिलले बहस गर्ने भनेको प्रावधान विपरीत सुशील पन्तले बहस गरेको भन्दै आपत्ति प्रकट गरेका थिए।

विशेष अदालतमा अध्यक्ष नेपालको पक्षमा बहस गर्न एक सय जनाभन्दा बढी वकिलले नाम टिपाएका थिए। यद्यपि सबै कानुन व्यवसायीले बहस गरेनन्।

अख्तियारले नेता नेपाललाई १८ करोड ५८ लाख ५० हजार रूपैयाँ बिगो मागदाबी गरेको थियो।

२०६६ सालमा नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो। तर पछि हदबन्दीभन्दा बढी कानुन विपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो। अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद निलम्बनमा छ।

यसअघि अख्तियारले मुद्दा दायर गर्नुअगावै चैत १७ गते पूर्वप्रधानमन्त्री नेपालसँग बयान लिएको थियो। बयानमा उनले आफूले कुनै अनुचित काम नगरेको बताएका थिए। नियतवश् अनुचित काम गरेको भएमा सजाय भोग्न तयार रहेको पनि उनले बयानमा बताएका थिए।

अख्तियारले नेता नेपालविरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उनको दल नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीको ुइशाराु मा राजनीतिक प्रतिशोध साधिएको बताउँदै आएको छ।

त्यसैगरी मन्त्रिपरिषदको निर्णयमा प्रवेश गर्न नपाउने आफ्नै पूर्वनिर्णय अख्तियारले प्रतिशोधपूर्ण रूपमा उल्ट्याएको आरोप पनि एकीकृत समाजवादीले लगाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

वरिष्ठ कलाकार सुनिल थापाको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com