काठमाडौ ११ असार । ुइरानको आणविक कार्यक्रम नष्ट भएको छैनु भन्ने रिपोर्ट आएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा एउटा भिडिओ सेयर गरेका छन्।
उनले सेयर गरेको भिडिओ लगभग ६० सेकेन्डको छ। जसमा बी(२ बमवर्षक लडाकु विमान आकाशमा उडिरहेको र धेरै बम खसालिरहेको देखिन्छ।
भिडिओमा एउटा गीत बजिरहेको छ जसमा( ‘इरानमाथि बम प्रहार गर’ भन्ने कुरा बारम्बार दोहोर्याइएको छ।
पेन्टागनबाट चुहावट भएको प्रारम्भिक गुप्तचर मूल्यांकन प्रतिवेदनले इरानका आणविक अड्डामा अमेरिकी आक्रमणले इरानी आणविक कार्यक्रम नष्ट भएको छैन, केवल केही महिना ढिलाइ मात्र गराएको दाबी गरेको छ।
ट्रम्पले यो पनि भनेका छन्, ‘सीएनएन र न्युयोर्क टाइम्सले नक्कली समाचार फैलाइरहेका छन्। दुवैले इतिहासका सबैभन्दा सफल सैन्य आक्रमणमध्ये एकलाई बदनाम गर्न खोजिरहेका छन्। इरानका आणविक अड्डा पूर्ण रूपमा नष्ट भएका छन्। जनताले न्युयोर्क टाइम्स र सीएनएनको आलोचना गरिरहेका छन्।’








प्रतिक्रिया दिनुहोस्