ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सीएनएनको दाबी : अमेरिकी आक्रमणबाट इरानको परमाणु केन्द्र ध्वस्त भएन


abc news

काठमाडौ ११ असार । अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको छ ।

अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनको गोप्य रिपोर्टमा इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको उल्लेख रहेको सीएनएनले जनाएको छ ।

इजरायल र इरानबीच युद्ध जारी रहेका बेला अमेरिकाले गत शनिबार इरानका फोर्दो, नताञ्ज र इस्फाहान परमाणु केन्द्रमा बंकर बस्टर बम प्रहार गरेको थियो । भूमिगत संरचना नष्ट गर्न प्रभावकारी मानिने जीबीयू–५७ नामक ‘बंकर–बस्टर’ बमले ६१ मिटर तलसम्म घुसेर विष्फोट हुने गर्दछ ।

अमेरिकाले आक्रमणपछि सार्वजनिक गरेको स्याटेलाइट तस्वीरहरूमा फोर्दो साइटमा दुई स्थान नजिक ६ वटा गहिरा खाडलहरु देखिन्छन्, तर भित्री भाग कति नष्ट भयो भन्ने खुलस्त छैन । यद्यपि अमेरिकी सेनाका शीर्ष अधिकारी जनरल ड्यान केनले आक्रमणबाट इरानका तीनवटै परमाणु केन्द्रमा गम्भीर क्षति पुगेको बताएका थिए ।

तर सीएनएनलाई पेन्टागनको रक्षा गुप्तचर एजेन्सी ९डीआईए० स्रोतहरूले बताएअनुसार शनिबार भएका बम आक्रमणले इरानको युरेनियम भण्डार ध्वस्त पार्न सकेको छैन ।

ह्वाइट हाउसले भने यसको खण्डन गर्दै राष्ट्रपति ट्रम्पलाई ‘होच्याउने प्रयास’को संज्ञा दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त ‘फेक न्युज’ भनेका छन् ।

पेन्टागनको प्रतिवेदनमा के छ ?

पेन्टागनको प्रारम्भिक गुप्तचर प्रतिवेदनले ‘इरानको परमाणु कार्यक्रम पूर्णतस् नष्ट’ भन्ने दाबी माथि प्रश्न उठाएको छ ।

इरानको सबैभन्दा ठूलो र सुरक्षित मानिने फोर्दो परमाणु केन्द्र जमिन मुनि ९० मिटर तल छ । तर त्यहाँसम्म बंकर बस्टर बमले क्षति नपुर्‍याएको र आक्रमण मुख्यतस् सतहमा रहेका संरचनासम्म सीमित भएको रिपोर्टसँग सम्बन्धित स्रोतको दाबी छ ।

स्रोतहरूले अमेरिकी सञ्चारमाध्यमलाई बताएअनुसार आक्रमणले इरानको परमाणु योजना केही महिनामात्र पछाडि धकेलिएको छ । इरानले भग्नावशेष पन्छाएर छिट्टै मर्मत गर्न सक्ने बताइएको छ ।

अमेरिकाले बंकर बस्टर बम आक्रमण गर्नुअघि नै इरानले संवर्धित युरेनियमको केही भाग अर्को स्थानमा सारिसकेको पनि रिपोर्टमा उल्लेख छ ।

इरानको सरकारी टेलिभिजनका एक अधिकारीले पनि ती केन्द्रहरू पहिले नै खाली गरिसकिएको हुँदा इरानलाई ठूलो क्षति नभएको बताएका थिए ।

सीएनएनले सात जना स्रोतले भनेको आधारमा इरानका परमाणु केन्द्र पूर्णरुपमा नष्ट नभएको समाचार छापेको छ । पहिल्यै सार्वजनिक नभएको यो मूल्यांकनको प्रारम्भिक रिपोर्ट पेन्टागनको गुप्तचर निकाय डिफेन्स इन्टेलिजेन्स एजेन्सी ९डीआईए० ले तयार पारेको हो । यो प्रारम्भिक रिपोर्ट भएकाले अन्तिम रिपोर्टमा केही फेरबदल हुन सक्ने पनि समाचारमा उल्लेख छ ।

डोनाल्ड ट्रम्पले भने ‘फेक न्युज’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने इरानका परमाणु केन्द्रमा गरिएको आक्रमणलाई इतिहासकै सबैभन्दा सफल भनेका छन् । साथै उनले इरानका परमाणु केन्द्रमा क्षति नपुगेको भन्ने समाचारलाई ‘फेक न्यूज’को संज्ञा दिएका छन् ।

ट्रम्पले ‘ट्रुथ सोशल’मा लेखेका छन्, ‘सीएनएन र न्युयोर्क टाइम्स फेक न्यूज फैलाइरहेका छन् । इतिहासकै सबैभन्दा सफल सैन्य आक्रमणलाई दुवैले बदनाम गर्न खोजिरहेका छन् । इरानका परमाणु केन्द्र पूर्णतस् ध्वस्त पारिएका छन् । जनता दुबै संस्थालाई कडा जवाफ दिइरहेका छन् ।’

ट्रम्पले यस प्रसंगमा मध्यपूर्वका विशेष दूत स्टिभ विट्कोफको फक्स न्यूजसँगको अन्तर्वार्ताको भिडियो सेयर गर्दै लेखेका छन्, ‘हामीले फोर्दो केन्द्रमा १२ वटा बंकर–बस्टर बम हानेका थियौं । बमले सुरक्षा तह भेदीसकेका थिए र त्यो केन्द्र सम्पूर्ण रूपमा ध्वस्त भएकोमा कुनै शंका छैन । त्यसैले हाम्रो उद्देश्य पूरा नभएको भनी आउने रिपोर्टहरू पूर्णतस् आधारहीन छन् ।’

फक्स न्यूजसँगको अन्तर्वार्तामा विट्कोफले भने गोप्य रिपोर्ट सार्वजनिक हुनुलाई ‘देशद्रोह’को संज्ञा दिएका छन् । ‘यो अपमानजनक छ, यो देशद्रोह हो र यसको अनुसन्धान हुनु जरुरी छ,’ उनले भनेका छन्, ‘यसमा जो जिम्मेवार छ, त्यसलाई कारबाही गरिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com