ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इरानमा अमेरिकाले गरेको आक्रमणले पूर्णरुपमा नष्ट नगरेको अमेरिकी गुप्तचरकाे मूल्याङ्कन – ट्रम्पको असन्तुष्टि


abc news

काठमाडौ ११ असार । अमेरिकाले गरेको आक्रमणमा इरानको आणविक केन्द्रहरू नष्ट नभएको इरानी अधिकारीहरुले बताएका छन् ।

आणविक केन्द्रमा भएको आक्रमणले केही भौतिक क्षति गरे पनि पूर्णरुपमा नष्ट गर्न नसकेको गुप्तचर निकायले गरेको अनुसन्धानले देखाएको छ ।

बीबीसीका अनुसार पेन्टागनको रक्षा गुप्तचर एजेन्सीले गरेको प्रारम्भिक क्षति मूल्याङ्कनको विवरणले अमेरिकी आक्रमणका कारण इरानको विकास महिनौंअघि धकेलिएको निस्कर्ष निकालेको छ । तर अमेरिकाले यो मूल्याङ्कन पूर्ण रूपमा गलत भएको र राष्ट्रपति ट्रम्पलाई अपमान गर्ने स्पष्ट प्रयास भएको बताएको छ ।

यसअघि अमेरिका र इजरायलले इरानका प्रमुख आणविक स्थलहरू अराक, नताञ्ज र इस्फहानमा ध्वस्त पारेको र फोर्दोमा रहेको भूमिगत प्रशोधन केन्द्रलाई नष्ट गरेको दाबी गरेका थिए ।

यसैबीच, इजरायल र इरानबीच भएको युद्धविराम दुवै देशले स्वीकार गरेका छन् । तर इजरायलले इरानमाथिको आक्रमण रोकेको छैन ।

इरान आक्रमणबाट पछि हट्नु इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो देशको लागि ऐतिहासिक विजय भएको दाबी गर्नुभएको छ भने इरानका राष्ट्रपतिले मासाउद पेजेस्खिनले इरानका नागरिकको पहलमा १२–दिने युद्धको अन्त्य गर्न सफल भएको प्रतिक्रिया दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलले युद्ध विराम उल्लङ्घन गरेको भन्दै रुष्ट हुनुभएको खबरमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com