ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलले इरानसँग ट्रम्प घोषित युद्धविराम स्वीकार गर्‍यो


एबीसी न्यूज
असार १०, २०८२ मंगलबार  १ : ०८ बजे

काठमाडौं १० असार । इजरायलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँग युद्धविराम प्रस्तावलाई स्वीकार गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतान्याहूले एक वक्तव्यमा मार्फत ट्रम्पका प्रस्ताव स्वीकार गरेको घोषण गरेका हुन् । ट्रम्पले युद्धविराम तत्काल लागू भएको र दुवै पक्षलाई यसको उल्लंघन नगर्न आग्रह गरेको यस अघि नै बताइसकेका थिए ।
यो घोषणा इरानले इजरायलमा धेरै मिसाइलहरू प्रहार गरे लगत्तै भएको हो । युद्ध विराम लागू हुनु केही मिनेट पहिले भएको इरानी मिसाइल आक्रमणमा इजरायलको दक्षिणी सहर बेरशेबामा कम्तीमा चार जनाको ज्यान लिएको थियो।
यसअघि, इरानका विदेशमन्त्री अब्बास अराघचीले इजरायलसँग युद्धविराममा कुनै सम्झौता नभएको तर इजरायलले आफ्नो ूगैरकानुनी आक्रमणू स्थानीय समयअनुसार बिहान ४ बजे सम्म रोकेमा तेहरानले आक्रमणहरू बन्द गर्ने बताएका थिए।
इरानले सोमबार साँझ कतारमा रहेको अमेरिकी सैनिकहरूको सैन्य अखडामा मिसाइलहरू प्रहार गरेको थियो । इरानको त्यो जबाफी कारबाही अमेरिकाले एक दिनअघि इरानका आणविक स्थलहरूमा गरेको आक्रमणको बदलामा गरेको थियो।
इरानका अनुसार, इजरायलले जुन १३ मा आक्रमण सुरु गरेदेखि ४०० भन्दा बढी व्यक्तिहरू, जसमा १३ बालबालिका समेत मारिएका भने कम्तीमा ३,०५६ जना घाइते भएका छन्। इजरायलमा भने इरानी आक्रमणबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

सनग्लास र आँधीबेहरी राजनीति: संकटग्रस्त फ्रान्सेली नेताको पुनरागमन

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com