ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामी तर्सिएर दुई बुँदे सहमति गरेका होइनौँ, लेनदेन भएको छैनः माओवादी केन्द्र


एबीसी न्यूज
असार १, २०८२ आईतबार  ४ : २३ बजे

काठमाडौं १ असार । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणपछि अवरुद्ध प्रतिनिधिसभाको बैठक सञ्चालनको विषयमा सत्तापक्षसँग भएको दुई बुँदे सहमतिबारे स्पष्टीकरण दिएका छन्।

माओवादीले गरेको दुई बुँदे सहमतिबारे चौतर्फी आलोचना भइरहेको बेला आइतबार प्रतिनधिसभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सैद्धान्तिक छलफलमा भाग लिनेक्रममा उनले पार्टीका नेता अग्नि सापकोटाको मुद्दासँग माओ‌वादीले सम्झौता गरेको आरोपप्रति कुनै सत्यता नभएको बताएका हुन्।

पुनले भिजिट भिसाका सवालमा नागरिकका समस्या र चासो समाधान गर्न एक महिनाको समयसीमा निर्धारण भएको भन्दै आफूहरू भिजिट भिसाको समस्या समाधान गर्ने पक्षमै रहेको दाबी गरे। उनले भने, ुनिष्पक्ष रूपमा छानबिन हुनुपर्छ हाम्रो माग छ। अहिले देखिएको कुरा गम्भीर छ छानबिन हुनुपर्छ तर यो अहिले मात्र होइन विगतमा पनि भएको छ।’

यसअघि माओवादीले पनि गृहमन्त्रालय सम्हालिसकेको र सोहीकारण तर्सिएको भनेर प्रश्न उठेको भन्दै यसबारे पनि उनले जवाफ दिए। ुहोइन माओवादी तर्सिएको छैन। आफ्ना नागरिकलाई भिजिट भिसा लगाएर लाने र मानव तस्करी गर्ने, नागरिकले त्यहाँ दुख पाउने र राज्यले केही गर्न नसक्ने अवस्थालाई अन्त्य गर्न हामी तयार छौँ। सरकार तयार भएको छ,’ उनले भने, ुदुई बुँदे सहमति गर्दा पूर्व सभामुख अग्निप्रसाद सापकोटाको मुद्दाको प्रसङ्गहरू जोडेर माओवादी तर्सियो वा लेनदेन गर्‍यो भनेजसरी प्रचार भएको छ। त्यसो होइन कुनै लेनदेन भएको छैन। अग्नि सापकोटाको मुद्दा अदालतमा रहेका कुरा हुन्। यद्यपि पूर्णपाठ आएपछि त्यसको धारणा बनाउँछौ। त्यसैले भिजिट भिसा प्रकरण र अग्नि सापकोटाको मुद्दा कुनै लेनदेनको विषय होइन।ु

उनले माओवादी गलेर सहमति गरेको भन्ने हल्लाप्रति भने, ुमाओवादी गलेको कुरामा सत्यता छैन यसमा भ्रम नरहोस्।’ भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन हुनुपर्ने मागसहित रास्वपा भने आज पनि सदनमा विरोधमा उत्रिएको छ। रास्वपाका सांसदले वेल घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com