ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिका–इरानबीच आज हुने भनिएको परमाणु वार्ता रद्द : ओमानका विदेशमन्त्री


abc news
असार १, २०८२ आईतबार  १० : ४५ बजे

काठमाठौ १ असार । आज हुने भनिएको अमेरिका–इरान परमाणु वार्ताको अर्को चरण अब अगाडि नबढ्ने ओमानका विदेश मन्त्री बद्र अल–बुसैदीले घोषणा गर्नुभएको छ । मस्कटमा हुन लागेको इरान–अमेरिका वार्ता अब नहुने ओमानले बताएको बीबीसीले जनाएको छ ।

कूटनीति र संवाद नै स्थायी शान्तिको एक मात्र बाटो रहेको तर अहिलेको परिस्थितिलाई हेर्दा अमेरिकासँग वार्ता जारी राख्नु नहुने ओमानको भनाइ छ । ओमानले अमेरिका र इरानबीच इरानको परमाणु कार्यक्रमसम्बन्धी वार्ता गर्न मध्यस्थता गरिरहेको छ ।

यसैबीच इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफूहरुको लक्ष्य इरानबाट उत्पन्न हुने परमाणु तथा ब्यालिस्टिक मिसाइलजस्ता दोहोरो खतरा रोक्नु हो भएको बताउनुभएको छ । इरानले २० हजार मिसाइल उत्पादन गर्ने क्षमता बनाउन लागेको नेतन्याहुनको दाबी छ । त्यसैले इजरायलले इरानको उत्पादन क्षमतालाई नष्ट गर्नका लागि कारबाही गरेको बताउनुभएको खबरमा उल्लेख छ । चाँडै तेहरानको आकाशमा इजरायली विमान, वायुसेना, र आफ्ना पाइलटहरू देखिने राष्ट्रपति नेतन्याहुले चेतावनी दिनुभएको छ ।

यसैबीच इरानका राष्ट्रपति मसूद पेजेश्कियानले चेतावनी दिंदै यदि इजरायलले आक्रमण जारी राख्यो भने, अझ ‘कडा’ प्रतिकारको लागि तयार रहनु पर्ने बताउनुभएको छ । गएको बिहिवार इजरायलले इरानमाथि आक्रमण गरेपछि दुई देशबीच अहिले तनाब बढीरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

बाथरुममा लडेर घाइते पाकिस्तानका पूर्वसेना प्रमुख कमर बाजवा बिते

बालेन सरकारलाई कार्यसूचीमा थप गर्न पूर्वप्रधानमन्त्री भट्टराईले दिए यस्ता सुझाव

एमालेले आज सबै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने, काठमाडौँमा कानुविद्हरूसँग अन्तक्रिया

भदौ २४ को घटनामा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णय

ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com