काठमाडौं ३१ जेठ । अमेरिकाको मिनेसोटा राज्यका दुई डेमोक्रेटिक विधायकमाथि उनहीहरुका छुट्टाछुट्टै घरमा गोली प्रहार भएको छ।
राज्यका गभर्नर टिम वाल्जले शनिबार पत्रकार सम्मेलनमा मार्फत घटनाको जानकारी गराएका छन् । डेमोक्रेटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको हत्या भएको छ। गर्भनर वाल्जले यो गोलीकाण्डलाई ‘राजनीतिक रूपमा प्रेरित हत्या’ को संज्ञा दिए।
डेमोक्रेटिक राज्य सिनेटर जोन होफम्यान र उनकी पत्नी यभेटमाथि पनि धेरै पटक गोली प्रहार भएको छ। दुवैको शल्यक्रिया सम्पन्न भएको बताउँदै गभर्नर वाल्जले दुवैको स्वास्थ्यमा ‘सावधानीपूर्वक आशावादी’ रहेको बताए।

मेलिसा होर्टम्यान, ५५ वर्षीया, सन् २०१९ देखि यो वर्षसम्म मिनेसोटा हाउस अफ रिप्रेजेन्टेटिभ्सको सभामुखको रूपमा कार्यरत थिइन्। यस वर्ष, हाउसमा दुर्लभ बराबरीको स्थिति आएपछि उनले मिनेसोटा डेमोक्रेटिक–फार्मर–लेबर पार्टीको नेतृत्व सम्हालेकी थिइन्।
जोन होफम्यान, ६० वर्षीय, मिनेसोटा सिनेटको मानव सेवा समितिको अध्यक्ष छन् र ट्विन सिटीजको उत्तरपश्चिमी उपनगरहरूको प्रतिनिधित्व गर्छन्।
‘यो लक्षित राजनीतिक हिंसाको कृत्य थियो’ वाल्जले भनेका छन्।
वाल्जले शनिबार बिहान एक वक्तव्यमार्फत मिनियापोलिस महानगरीय क्षेत्रमा पर्ने च्याम्प्लिन र ब्रुकलिन पार्कका उपनगरहरूमा ‘उत्पन्न स्थिति’ बारे जानकारी प्राप्त गरेको बताएका छन् ।
यो गोलीकाण्ड यस्तो समयमा भएको छ जब अमेरिकामा राजनीतिक हिंसा सामान्य बन्दै गएको छ । शिकागो विश्वविद्यालयको सर्वेक्षणअनुसार अधिकांश अमेरिकीहरूले यस्तो हिंसालाई समर्थन नगर्ने देखाए पनि पछिल्ला दिनहरुमा राजनीतिक तथा जातिय हिंसा बढ्दै गएको छ।







प्रतिक्रिया दिनुहोस्