ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भिजिट भिसा प्रकरणमा भएको दुई बुँदे सम्झौताबारे पार्टीमा छलफल हुनुपर्छ- नारायणकाजी


abc news
जेष्ठ ३१, २०८२ शनिबार  ३ : ३८ बजे

काठमाठौ ३१ जेठ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसाबारे सरकारसँग भएको दुई बुँदे सहमतिमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।

पार्टीको दोलखा काठमाडौं सम्पर्क समन्वय समितिको छैटौँ सम्मेलनलाई सम्बोधन गर्दै उनले यसबारेमा पार्टी अध्यक्ष प्रचण्डसँग छलफल गर्ने बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले भने, ‘सरकारमा रहेका पार्टीहरूसँग दुई बुँदे सम्झौता भएर संसद् खुलेको हो । त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेका छन्, त्यसबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट भएको छैन । त्यसकारण छलफल गरेर एउटा निष्कर्षमा नपुगी केही भन्न सक्दिनँ, तर औपचारिक कुरा थाहा पाइसक्नुभयो । त्यसले हाम्रो पार्टीलाई, सुशासनको अभियानलाई हित हुने गरी भयो कि भएन भन्ने प्रश्नमा समीक्षा हुनसक्छ ।’

उनले अध्यक्ष प्रचण्डले समग्र परिस्थितिको लेखाजोखा गरेर दुई बुँदे सहमतिको निष्कर्षमा पुगेको हुनसक्ने पनि बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीमा आधिकारिक रूपमा छलफल नगरी भन्नसक्ने स्थिति नरहेको भन्दै यो प्रकरणको मुद्दा निष्कर्षमा पुर्‍याइछाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ओली पक्राउको विरोधमा एमाले सडकमा : जनसंगठन उतार्ने, अन्य दल र नागरिक समाजसँग सहकार्य गर्ने

सम्बन्धित

कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ

बालेन सरकारलाई कार्यसूचीमा थप गर्न पूर्वप्रधानमन्त्री भट्टराईले दिए यस्ता सुझाव

एमालेले आज सबै जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाउने, काठमाडौँमा कानुविद्हरूसँग अन्तक्रिया

भदौ २४ को घटनामा उच्चस्तरीय छानबिन समिति बनाउने सरकारको निर्णय

ओली र लेखकलाई आज अदालतमा पेश गरिँदै

बालेन सरकारको १०० दिने शासकीय सुधार कार्यसूची -२०६२/६३ देखिका पदाधिकारीको सम्पत्ति छानबिन (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com