काठमाठौ ३१ जेठ । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले क्रसर तथा इँटाका चार वटा उद्योग बन्द गरेको छ । पटक–पटक ताकेता गर्दा पनि कर तिर्न अटेरी गरेपछि ती उद्योगमा ताला लगाएको नगरपालिकाले जनाएको छ ।
मेयर टोकबहादुर वाइबा नेतृत्वमा जनप्रतिनिधि, स्थानीय उद्योग वाणिज्य सङ्घलगायत सम्मिलित अनुगमन टोलीले नगर कार्यालयमा दर्ता नभएका, कर नतिरेका र नवीकरण नभएका क्रसर उद्योग र इँटा उद्योगमा ताला लगाएको हो ।
टोलीले तीन वटा इँटा उद्योग र एउटा क्रसर उद्योगमा ताला लगाएको मेयर वाइबाले जानकारी दिनुभयो । उहाँका अनुसार सेन्ट वासिङ एण्ड क्रसिङ उद्योगले आर्थिक वर्ष २०७८र०७९ देखि अहिलेसम्म ४५ लाख ८४ हजार रुपैयाँ कर तिरेको छैन ।
त्यस्तै कालीदेवी, चण्डेनी–नगरकोट ब्रिक्स इण्डष्ट्रिज प्रालि र दक्षिणकाली इँटा उद्योगमा ताला लगाइएको छ । कालीदेवीले ६१ लाख ८४ हजार रुपैयाँ , दक्षिणकालीले ४५ लाख ८४ हजार रुपैयाँ कर तिरेका थिएनन् ।
चण्डेनी–नगरकोट ब्रिक्स उद्योग भने दर्ता नभएकाले बन्द गरिएको हो । मेयर वाइबाले ताला नखुलाउँदासम्म उद्योगबाट कुनै पनि सामग्री बेचबिखन नगर्न निर्देशन दिइएको बताउनुभएको छ ।








प्रतिक्रिया दिनुहोस्