ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाले कागजपत्र नभएका हजारौं आप्रवासीलाई ग्वान्टानामो बे हिरासत केन्द्रमा पठाउने तयारी


abc news
जेष्ठ ३१, २०८२ शनिबार  २ : ३३ बजे

काठमाठौ ३१ जेठ । कागजपत्र नभएका हजारौं आप्रवासीलाई ग्वान्टानामो बे हिरासत केन्द्रमा पठाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्प प्रशासनले कागजपत्र नभएका कम्तीमा नौ हजार आप्रवासीलाई चाँडोमा यसै हप्तासम्ममा ग्वान्टानामो बे पठाउन चाहिरहेको खबरमा उल्लेख छ ।

सयौं युरोपेलीहरू पनि समावेश हुने गरी आप्रवासीलाई उनीहरूको देश फर्काउनुअघि क्युबास्थित अमेरिकी नौसैनिक अखडामा छोटो समयावधिका लागि राखिने छ ।

गएको जनवरीमा राष्ट्रपति ट्रम्पले ग्वान्टानामो बे को हिरासत केन्द्रलाई विस्तार गर्न आदेश दिनुभएको थियो । त्यहाँ अहिले पाँच सय जना रहेकोमा ३० हजारसम्म राख्ने लक्ष्य छ ।

अमेरिकाले सञ्चालन गरेका अति महँगा सैनिक अखडामध्ये ग्वान्टानामो बे एउटा हो र यो सम्भवतः सबैभन्दा विवादित पनि रहेको बीबीसीले उल्लेख गरेको छ ।

सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आक्रमणका आरोपितहरुलाई राखिएपछि यो हिरासत केन्द्र विवादित भएको थियो ।

पूर्व राष्ट्रपति बाराक ओबामासहित विभिन्न डेमोक्रेटिक राष्ट्रपतिले ग्वान्टानामो हिरासत केन्द्र बन्द गराउने वाचा गरे पनि त्यो वाचा पूरा हुन सकेन ।

क्युबाका राष्ट्रपति मिगेल डिआस कानेलले ट्रम्पको योजनालाई ‘अमानविय कार्य’ भन्दै आलोचना गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

बिहारका सांसद पप्पु यादव मध्यराति घरबाटै गिरफ्तार

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com