काठमाडौ ३० जेठ । २०८१ पुसदेखि २०८१ चैत मसान्तसम्म राहदानी विभागबाट ४ लाख ५७ हजार १ सय ६८ थान राहदानी जारी भएको छ।
शुक्रबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सरकारले यसबारेमा जानकारी गराएको हो। परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाकाअनुसार २०८१ पुषदेखि २०८१ चैत्र मसान्तसम्म राहदानी विभागबाट कुल ४ लाख ५७ हजार १६८ थान राहदानी जारी भएको छ।
यस अवधिमा रोमानिया, पोल्याण्ड, साउदी अरेबिया, युएई, कतार, मलेसिया र जापानमा थप घुम्ती टोली समेत खटाई राहदानीको सेवा प्रदान गरिएको उनको भनाइ छ।
परराष्ट्रमन्त्री राणाले वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका उपाय प्रस्तुत गर्न समिति गठन गरिएको पनि जानकारी दिइन्। वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूको समाधानका उपाय पेश गर्नेगरी परराष्ट्र मन्त्रालयको संयोजकत्वमा एक समिति गठन गरिएको बताइन्।








प्रतिक्रिया दिनुहोस्