ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसईईको नतिजा यसै वर्ष सुधार हुन्छ- प्रधानमन्त्री


abc news

काठमाडौ ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षित, सुयोग्य र स्वस्थ नागरिक नै देशको सबैभन्दा ठूलो पुँजी भएको बताएका छन्।

धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको ३० औँ दीक्षान्त समारोह दोस्रो चरण०लाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले शिक्षाको सवालमा सरकार सचेत रहेको र कसरी हरेक नेपाली बालबालिकालाई, युवायुवतिहरुलाई राम्रो शिक्षा दिन सकिन्छ, गुणस्तरीय शिक्षा, सहज पुहँचको शिक्षा दिन सकिन्छ भन्नेतर्फ सरकार लागेको बताए। गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको भन्दै यस वर्ष नै सुधार आउने बताए।

सरकारले नतिजामा सुधार ल्याउन प्रभावकारी कदम चालेको र ४८ प्रतिशत उत्तिर्ण जस्तो नाजुक अवस्था यस वर्ष नहुने जिकिर गरे। थोरैमा ६५ प्रतिशत विद्यार्थी उत्तिर्ण हुने स्थिति पुर्‍याउने र हरेक वर्ष नतिजा सुधार गर्दै लैजाने बताए। विद्यार्थीलाई सफलताको बाटो हिँडाउने आफूहरुको उद्देश्य रहेको बताए।

उनले भने, ‘गत साल एसईईमा केही नतिजामा नकारात्मक स्थिति देखापरेको छ। प्रशंसा गर्न नसकिने स्थिति त्यसमा यस वर्ष नै सुधार आउनेछ। किनभने हामीले केही प्रभावकारी कदमहरु चालेका छौँ। जसले ४८ प्रतिशत उत्तिर्ण जस्तो नाजुक अवस्था यस वर्ष हुनेछैन। यस वर्ष ६०, ६५ प्रतिशत हामी कमसेकम पुर्‍याउनेछौँ। उत्तिर्णको स्थिति हरेक साल विकास गर्दै लैजान्छौँ। विद्यार्थीलाई सफलताको बाटो हिँडाउने हाम्रो उद्देश्य रहनेछ।’

प्रधानमन्त्री ओलीले रोजागरीका अवसर खोज्ने नभइ सिर्जना गर्ने शिक्षातर्फ लैजान खोजिरहेको बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com