काठमाडौ ३० जेठ । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्यका लागि सत्तापक्ष र विपक्ष दलका नेताहरूबीच छलफल आज पनि जारी छ। आजको प्रतिनिधिसभाको बैठकअघि सहमति जुटाउने भन्दै दलका नेताहरूबीच छलफल जारी रहेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
ुआज पनि छलफल जारी नै छ। कांग्रेस(रास्वपा, एमाले(राप्रपा र हामीबीच संयुक्त छलफल भइरहेको छ,ु उनले नेपालखबरसँग भने, ुकुरा खास मिलिसकेको छैन। सहमतिको विन्दु खोज्ने प्रयासमै छौँ।ु
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि पनि छानबिन गर्नुपर्ने विपक्षीको अडानका बीच तीनहप्तायता प्रतिनिधिसभाको बैठक सञ्चालन हुन सकेको छैन।
जेठ १३ गतेदेखि यता प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ। विपक्षीले जेठ १५ गते भने बजेट ल्याउन दिएका थिए।
दलहरूले हरेक दिनजसो सहमतिका लागि छलफल गरे पनि निष्कर्ष निस्किन सकेको छैन। सभामुख देवराज घिमिरेले पनि दलका नेताहरूसँग पटकपटक छलफल गरिरहेका छन्। तर दलहरूबीच सहमति जुट्न सकेको छैन।








प्रतिक्रिया दिनुहोस्