ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केपी ओलीकै चाहानामा नेतृत्व दुई कार्यकाल र ७० बर्षे उमेरहद ल्याइएको हो – पोखरेल


abc news

काठमाडौ २९ जेठ । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै सुदृढ र लोकप्रिय बनाउने श्रेय अध्यक्ष केपी शर्मा ओलीलाई जाने बताए।

राससले गणतन्त्र दिवसका उपलक्ष्यमा आयोजना गरेको तस्बिर प्रदर्शनीको अवलोकनपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष ओलीले पार्टीलाई लोकतान्त्रिकीकरणको बाटोमा ठिक ढंगबाट अघि बढाएपछि एमाले पार्टी देशकै सशक्त एवं लोकप्रिय बन्न सफल भएको स्पष्ट गरे।

पार्टीलाई लोकतान्त्रिकीकरण गर्दै लैजाने सिलसिलामा बहुपदीय, ७० वर्षीय उमेरहद र नेतृत्वको दुई कार्यकालसम्बन्धी प्रावधान विधान महाधिवेशनबाट राखिएको स्पष्ट गर्दै उनले सो सम्बन्धमा निर्णय गर्ने ठाउँ विधान महाधिवेशन नै भएकाले अहिले त्यसका बारेमा टिकाटिप्पणी एवं छलफल गर्ने समय नभएको बताए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले स्पष्ट गर्दै भने, ‘हाम्रो पार्टीभित्र लोकतान्त्रिकीकरणको अगुवाइ गर्दै सिङ्गो पार्टी पङ्क्तिलाई सचेत गराउने कामको नेतृत्वदायी भूमिका पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको हो, विगतमा उहाँकै विचारबाट निर्देशित भइ अगाडि बढ्ने सिलसिलामा पार्टीभित्र लोकतान्त्रिकीकरणको अभ्यास चलेको हो।’

सोही मान्यतालाई अघि बढाउने सिलसिलामा नेतृत्व दुई कार्यकाल र ७० वर्ष उमेरहदका विषय ल्याइएको उनको भनाइ छ। पार्टीको नवौँ र दशौँ महाधिवेशन तथा यसअघिका विधान महाधिवेशनमा पनि छलफल भएको विषय भएको उल्लेख गर्दै उनले यसबीचमा एमालेबाटै विभाजित भएर समाजवादीमा जानुभएका साथीहरु फर्कन उमेर हदको सीमाले केही व्यवहारिक अप्ठ्यारो भएको बताए।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘महाधिवेशनमा पारित गरिएको विषयलाई बोक्नु हामी सबैको कर्तव्य हो। आउने महाधिवेशनले के निर्णय गर्छ। अनि मात्र स्थापित र निर्णित विषयलाई पनि लिएर जान सकिन्छ। महाधिवेशनले गरेका ‘लेजिटिमेसी’को विषयको आगामी महाधिवशेन नआइ उठाउन सान्दर्भिक हुन्न, यो हामी सबैले बुझेकै विषय हो।’

कांग्रेस–एमालेबीचको सहकार्य
नेपालको राजनीतिका महत्वपूर्ण मोडमा उद्धार प्रजातान्त्रिक पक्षधर नेपाली कांग्रेस र श्रमजीवी वर्गको विचार बोक्ने एमालेका बीचमा सहकार्य हुँदै आएको प्रसँग उल्लेख गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले २००७ सालमा प्रजातन्त्र ल्याउन, २०१७ सालको प्रजातन्त्र विरोधी अभियानको प्रतिकार गर्न, २०३६ को जनमत सङ्ग्रह गराउन, २०४६ को जनआन्दोलनलाई निर्णयमा पुर्‍याउन, विसं २०६२र६३ को प्रतिगमनविरुद्धको आन्दोलनलाई निष्कर्ष पुर्‍याउन र संविधानसभाबाट संविधान जारी गर्ने सन्दर्भमा एमाले र कांग्रेसबीच सहकार्य भएको स्पष्ट गरे।

उनले मुलुकमा ऐतिहासिक राजनीतिक परिवर्तन गर्न र राष्ट्रिय संकट परेका बेलामा देशलाई जोगाउन दुई ठूला रानीतिक पार्टीबीच समझदारी हुने गरेको भएपनि एमाले र कांग्रेस एक–अर्काबीच प्रतिस्पर्धी शक्ति हुन् भन्ने पक्ष बुझन जरुरी रहेको बताए। अहिले बढ्दो राजनीतिक अस्थिरता अन्त्य गर्न र मुलुकको अर्थतन्त्र सुधार गर्न प्रमुख शक्तिबीच सहकार्य गरिएको स्पष्ट गरे।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘विसं २०४७ सम्म र पछि नयाँ संविधान जारी नभएसम्मको परिस्थितिलाई हामीले बुझ्न आवश्यक छ। २०७२ साल पछिका कालखण्डको तस्बिर हेर्दा थाहा हुन्छ। यसबीचमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, विद्युत्, प्रतिव्यक्ति आम्दानी, गरिबीको रेखामुनि रहेका जनताको प्रतिशतमा आएको सुधारलाई लिन सकिन्छ, होला अपेक्षा गरिएअनुसारका काम नभएपनि पछिल्ला दिनमा देशमा उल्लेखनीय काम भएका छन्, जिम्मेवार सबै पक्षको समन्वय र सहकार्यमा मुलुकको विकास र समृद्धिलाई अझ गति दिन आवश्यक छ।

संसद्को गतिरोध
यसैगरी वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘संसद्‍मा भइरहेको गतिरोध अन्त्य गर्ने विषयमा कुनै आग्रह–पूर्वाग्रह वा उत्तेजनामा आउनुपर्ने विषय छैन ।अहिले कतिवटा मन्त्रालयका कर्मचारीलाई अनुसन्धान गर्न बयानका लागि बोलाइएको होलारु कम्तीमा १४र१५ वटा मन्त्रालयका कर्मचारीमाथि भइरहेको अनुसन्धानबाट थाहा हुन्छ। अनि कुनै कर्मचारीलाई बोलाइयो र बयान लिइयो भन्दैमा मन्त्रीले राजीनामा दिँदै जाने हो भने कस्तो नजिर बस्ला। यो उचित होइन, यदि मन्त्रीका बारेमा बोलिएको र दशी प्रमाण भेटिएको भए एउटा कुरा हुन्थ्यो। हामीले राजनीतिका लागि राजनीति गर्न हुँदैन। हामीले कस्तो नजिर कायम गर्ने भन्ने पाटोबाट पनि हेरिनुपर्छ।’

वाम एकताको प्रश्न
यसैगरी बामपन्थी एकता र तालमेलकका सन्दर्भमा वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘वामपन्थी तालमेलभन्दा पनि ‘कामपन्थी’ तालमेल हुनुभएन। नाम वामपन्थी भन्ने कर्म भने अर्कै गर्ने, अनि हामीले भन्दिनुपर्ने वामपन्थी एकता । कामका आधारमा कुरा मिल्नेसँग एकताबद्ध हुँदै जानुपर्छ। अहिले खासमा बामपन्थी र बाममोर्चा भनेर खाली कुराका लागि कुरा गर्ने मात्र काम भएको छ।’ रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com