ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इराक र इरानसँग अमेरिकाकाे तनाव बढ्दै


abc news
जेष्ठ २९, २०८२ बिहीबार  १२ : ४८ बजे

काठमाडौ २९ जेठ । इरानसँग तनाव बढ्दै गएपछि अमेरिकाले इराकमा रहेको दूतावास आंशिक रूपमा खाली गर्ने भएको छ । सुरक्षा जोखिम बढेका कारण बगदादमा रहेका गैर–आवासीय अमेरिकी दूतावासका कर्मचारीहरू र उनीहरूका आश्रितहरूलाई इराकबाट बाहिर लाने अमेरिकी सरकारी स्रोतहरूले बताएका छन् ।

अमेरिकी अधिकारीहरुमाथि इजरायल र इरानमा कारबाही शुरु गर्न तयारी भइरहेको बीबीसीको खबरमा उल्लेख छ । अमेरिकाले इरान र इराकमा रहेका अमेरिकी निकायहरुमा आक्रमण हुनसक्ने अनुमान गरेर अमेरिकाले आफ्ना कार्यालयहरु सार्न लागेको हो । यस्ता निर्णयले गर्दा अमेरिका र इरानबीच हुन लागेको आणविक कार्यक्रमबारेको वार्ता पनि पछिल्लो दिनहरुमा रोकिएको देखिन्छ ।

यसअघि इरानले द्वन्द्व चर्किए त्यहाँ रहेका अमेरिकी सैन्य अखडालाई निशाना बनाउने चेतावनी दिएको थियो । यीनै कुरालाई आधार मानेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आणविक सम्झौतामा पुग्नेमा आफू कम विश्वस्त रहेको बताउनुभएको छ ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा ९सन् २०१८० मा त्यागेको इरान र विश्वका शक्ति राष्ट्रहरूबीच भएको सन् २०१५ को सम्झौतालाई प्रतिस्थापन गर्ने नयाँ आणविक सम्झौताका लागि गएको अप्रिलदेखि दुई देशबीच पाँच चरणको वार्ता भइसकेको छ ।

संयुक्त राज्य अमेरिकाको मध्यपूर्वमा धेरै सैन्य अखडा छन् र सबैभन्दा ठूलो अमेरिकी सैन्य अखडा कतारमा छ । इरान र संयुक्त राज्य अमेरिकाबीच इरानको युरेनियम सम्वद्धनलाई लिएर कूटनीतिक गतिरोध उत्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

बिहारका सांसद पप्पु यादव मध्यराति घरबाटै गिरफ्तार

वरिष्ठ कलाकार सुनिल थापाको निधन

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com