ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौं–तराई/मधेश द्रुतमार्गको ४१ प्रतिशत भौतिक प्रगति


abc news

काठमाडौ २९ जेठ । काठमाडौं–तराईरमधेश द्रुतमार्ग सडक आयोजनाको ४१ प्रतिशत भौतिक प्रगति भएको छ । विगत लामो समयदेखि सुरुवाती विन्दुमा विवाद रहँदै आएपछि आयोजनाले गति लिन नसकेको हो । आयोजनाले गति लिन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको खोकना र बङुमतिका स्थानीय बासीका प्रतिनिधिसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई तत्कालीन खोकना गाविसका पूर्व अध्यक्ष मदनकृष्ण डंगोल, नेकपा ९एमाले० ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डंगोल, एमाले ललितपुर महानगर–२१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जनसहितले भेटेर समस्या र समाधानको विकल्पबारे सुझाव दिएका थिए । सरोकार समितिले खोकनामा सुरु विन्दुु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले सो स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।

समस्याबारे प्रधानमन्त्री तहबाट छलफल भएपछि आयोजनाको प्रस्थान विन्दुको विवाद समाधान हुने विश्वास लिइएको छ । रक्षा मन्त्रालयका सचिव रामेश्वर दंगाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधि सहभागी छलफलमा प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नु पूर्व आफू एक पटक स्थलगत अवलोकनमा आउने जानकारी गराएका छन् ।

यसअघि प्रधानमन्त्री ओलीले गत माघ २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल र उच्च अधिकारीको सहभागितमा आयोजनाको प्रगति र देखिएका समस्या समाधानका लागि छलफल गरेका थिए ।

कुल ७०।९७७ किलोमिटर दुरी रहेको फास्ट ट्रयाकको हालसम्म ६४।४७७ किलो मिटरमा मात्रै ठेक्का लागेर निर्माण कार्य हुँदैछ । फास्ट ट्रयाकको प्रस्थान विन्दु खोकनको ६।५ किलो मिटर स्थानीय प्रकृतिका गुठी, व्यक्तिगतका नाममा रहेका जग्गाहरूमा विवाद कायमै रहँदा जग्गा अधिग्रहण हुन सकेको छैन । काठमाडौं, ललितपुर, मकवानपुर र बारा गरी चार जिल्लामा निर्माण हुने फास्ट टयाकको समग्रमा भौतिक प्रगति ४१ प्रतिशत पुगेको नेपाली सेनाले जनाएको छ ।

पछिल्लो समय मन्त्रिपरिषद्ले २०८० साउन ३० गते आयोजनाको परिमार्जित विस्तृत परियोजना प्रतिवेदन ९डीपीआर० स्वीकृत गरेको थियो । द्रुतमार्गको कुल लम्बाइ ७०।९७७ किलोमिटर रहेको छ । प्रस्थान विन्दु ललितपुरको खोकना र अन्तिम विन्दु निजगढ रहेको छ । कुल दुई खर्ब ११ अर्ब ९३ करोड रुपैयाँको लागतमा निर्माण हुने द्रुतमार्गमा सडकको चौडाइ पहाडी भू–भागमा २५ मिटर, तराई भू–भागमा २७ मिटर र सुरुङमार्ग संख्या ६ स्थान रहेको छ ।

६ वटा सुरुङमार्गको जम्मा लम्बाइ १०।५५ किलोमिटर रहेको छ । आयोजनामा कुल पुलहरूको संख्या ८९ वटा अर्थात् १२।८८ किलो मिटर रहेको छ । द्रुतमार्गको इन्टरचेन्ज संख्या र टोल प्लजाको तीन स्थान ९खोकना, बुदुने र निजगढ० रहेका छन् । सरकारले २०८० वैशाख पाँचसम्मको आयोजनाको म्यादलाई समय सीमा थप गरेर २०८३ चैतसम्म कायम गरेको छ ।

२०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०ले बारा जिल्लाको निजगढमा उक्त आयोजनाको शिलान्यास गरेका थिए । साउन २७ मा सडक विभागबाट सेनालाई हस्तान्तरण भएर मंसिरबाट नेपाली सेनाले जनशक्ति तथा राष्ट्रिय स्तरका निर्माण व्यवसायीमार्फत दु्रतमार्गको ट्रयाक निर्माणको कार्य प्रारम्भ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com