ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीडीपीमा मत्स्य क्षेत्रको योगदान शून्य दशमलव ४४ प्रतिशत


abc news

काठमाडौ २८ जेठ । नेपालमा मत्स्य क्षेत्रले राष्ट्रिय ग्राहस्थ उत्पादन जीडीपी०मा शून्य दशमलव ४४ प्रतिशत र कृषिको जीडीपीमा एक दशमलव ८३ प्रतिशत योगदान पुर्‍याउँदै आएको पाइएको छ । नदी, ताल तथा धानको खेतलगायतमा माछापालन गर्न सकिने अवस्था छ ।

मत्स्य उत्पादनको आर्थिक तथा सामाजिक पक्ष र जीविकोपार्जनका अतिरिक्त मानव स्वास्थ्यसँग महत्व रहेको विज्ञले बताएका छन् । मत्स्यपालन क्षेत्रलाई जोड दिएर किसानको आयस्तर बढाउन पहल गर्नुपर्ने सम्बन्धित निकाय र किसान अगुवाले बताएका छन् ।

दिगो विकासको लक्ष्य र कृषि विकास रणनीति र चालू आवधिक १६औँ योजनाको लक्ष्य हासिल गर्न पनि मत्स्य क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउनुपर्ने खाँचो रहेको सरोकारवालाले बताएका छन् । मत्स्य क्षेत्रका सरोकारवाला निकाय र किसानबीच समन्वय तथा सहकार्यबारे नार्कको राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठान, खुमलटार ललितपुरले आज कार्यक्रम गरेको हो । कार्यक्रममा माछा व्यवसायको सम्भावना, उत्पादन र चुनौतीलगायतका विषयमा छलफल भयो ।

कार्यक्रममा माछापालन व्यवसायमा आवद्ध सिन्धुपाल्चोकका अगुवा किसान दिपक लामिछानेले माछापालन व्यवसायलाई सरकारले आवश्यक सहयोग नगरेको गुनासो समेत गर्नुभयो । कृषि तथा पशुसेवाका कार्यालयले प्रचार प्रसारका कार्यक्रम गर्दा गाईभैँसी, अन्य पशुचौपाया र कृषि उपजको प्रचार गर्ने गरेको भए पनि माछाको प्रचार र बजार सम्भावनाबारे जानकारी पुग्न नसकेको उहाँको भनाइ छ । जिउँदो माछा बोक्ने आधुनिक गाडीको व्यवस्था नहुन पनि समस्या रहेको अगुवा किसान लामिछानेले बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com