काठमाडौ २८ जेठ । प्रतिनिधिसभाको बैठकमा आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेपछि स्थगित भएको बैठक भोलिसम्मलाई सारिएको छ।
सभाको अर्को बैठक यही जेठ २९ गते बिहीबार दिउँसो ३ बजे बस्नेछ।
आज बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर नाराबाजीसहित विरोध जनाएका थिए।
बैठकमा सभामुख देवराज घिमिरेले दलीय आधारमा सदनमा बोल्न समय उपलब्ध गराउने पटकपटक आग्रह गर्दा पनि छलफलका लागि वातावरण बन्न नसकेपछि आजको बैठक पनि कार्यसूचीमा प्रवेश नगरि स्थपन भएको हो।
भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र उनीमाथि छानबिन गर्न समिति बनाउनुपर्ने विपक्षी दलहरुको माग छ। तर, सत्ता पक्ष भने गृहमन्त्रीले पनि राजीनामा नदिने र छानबिन समिति पनि नबनाउने अडानमा छ।








प्रतिक्रिया दिनुहोस्