काठमाडौ २८ जेठ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्र, राष्ट्रियता र जनताका मुद्दा बोकेर नेकपा एमाले अघि बढेको बताएका छन्।
बुधबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सुनाउँदै उनले आफूहरु झोल खाने नभइ जनताका मुद्दा बोकेर हिँड्ने पार्टीका झोले भएको जिकिर गरे।
नेकपा एमालेले उठाएका जनताका माग, मुद्दाको झोला बोकेर अहिलेसम्मको स्थितिमा आएको बताउँदै पार्टीको नीति सिद्धान्त, झण्डा बोकेकाले एमाले पार्टीको झोले हुनमा गौरववोध गर्नुपर्ने बताए।
साथै एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त रहेको समेत जिकिर गरे।
मन्त्री गुरुङले भनेः
झोल खानेलाई पनि झोले भन्छ, झोला बोक्नेलाई पनि झोले भन्छ। हामीले झोल खाने झोले भनेको होइन। हाम्रो अहिलेको प्रधानमन्त्री जो एमालेको अध्यक्ष पनि हुनुहुन्छ, उहाँले भन्न खोज्नुभएको झोले भनेको हामी पार्टीको झोला बोक्ने, जुन पार्टीमा झोला बोकर काम गरेका छौँ, नीति सिद्धान्त, झण्डा पनि हो।
एमालेको झोले हुन किन म तयार छु भने एमालेको झोलामा राष्ट्रवादको सिद्धान्त बोकेको छ। त्यसैले अटेको छ। आजको जनताको बहुदलीय जनवादलाई एमालेले अहिलेको लोकतन्त्रलाई हामीले त्यसको वृहत रुपमा किन्प्रिहेन्सिभ डेमोक्रेसी भनेका छौँ। त्यो झोलाको सिद्धान्त बोकेको कार्यकर्ताको पार्टी हो एमाले।
एमालेको राष्ट्रियता, कूटनीति, प्रजातन्त्र लोकतन्त्रप्रतिको सिद्धान्त वा अहिलेको गुड गभर्नेन्स कसरी चलाउने, गुड गभर्नेन्स नभइकन सामाजिक आर्थिक रुपान्तरण हुँदैन, समाजवादको आधार तयार हुँदैन। हाम्रो दर्शन, सिद्धान्त, राजनीति बोकेर जसले हिँड्छ, त्यो एमालेको झोला बोक्ने मान्छे हो भनेको हो।








प्रतिक्रिया दिनुहोस्